सन्तोषकुमार गुप्ता, साउन २३, देउखुरी । पुर्व मेची देखि पश्चिम महाकाली सम्म जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन २३, देउखुरी । पुर्व मेची देखि पश्चिम महाकाली सम्म जो"/>
2026-07-04 03:57 AM
दाङ्ग - DNG

स्थानियलाई सडकको धुलो र हिलोको हैरानी आखिर कहिले सम्म ?

सन्तोषकुमार गुप्ता, साउन २३, देउखुरी । पुर्व मेची देखि पश्चिम महाकाली सम्म जोड्ने एक मात्र लामो राजमार्ग रहेको ‘महेन्द्र’ राजमार्गको पुर्व पश्चिम लमही—भालुवाङ सडक खण्ड अन्र्तगत देउखुरीको सिसहनियाँ देखि लठ्ठहवा सम्म ओदारेको सडक मर्मत समयमा नहुँदा उक्त सडक भएर आवत—जावत गर्ने स्थानियबासी धुलो र हिलोबाट आजिद वनेका छन् ।   बर्षायाम पानी जम्दा हिलो हुने र घाम लाग्दा धुलोले स्थानियबासी मर्कामा परेका छन् ।         

     सिसहनियाँ ५ कमलरोड देखि लठ्ठहवा सम्मको २.१ किलो मिटर सडक मर्मतका लागि २ करोड ८० लाखको टेन्डर प्रक्रियाबाट जिम्मेवारी पाएको खड्का कृष्ण तिरोपाते जे.भी कम्पनीले वर्षाका कारण देखाउदै सडक मर्मत कार्य रोक्दा बर्षातमा हिलो र घाम लाग्दा धुलोले आजित बनेको स्थानियबासी रामप्रसाद चौधरीले भन्नु भयो । दैनिक हजारौको सख्यामा गाडी गुड्ने मेन राजमार्ग समयमा मर्मत नगर्दा यति बेला बाटोमा हिड्ने जो कोही पनि धुलाले मान्छे नै नचिनिने गरी धुलो उड्दा स्वास्थ्यमा त नराम्रो असर गरेको छ नै तर त्यही धुलो घर भित्र पस्दा घर नै दुर्घन्दित हुने गरेको चौधरीले दुखेसो पोख्नु भयो ।  राजमार्गको समयमा मर्मत हुन नसक्दा विद्यालय जाने विद्यार्थी सबै भन्दा बढी मर्कामा परेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

घरबाट ड्रेस लगाएर निस्क्यो स्कुल पुग्न नपाउदै धुलै धुलोले मान्छे नै नचिनिने गरि ड्रेस भरि धुलै धुलोले बीचबाटै घर फर्किनु पर्ने अवस्था रहेको सर्वोदय उच्च मावि सिसहनियाँमा अध्ययनरत विनिता चौधरीले बताउनु भयो । घाम लागेकोे बेला धुलै धुलो र पानी पर्दा हिलै हिलोले हामीलाई निकै समस्यामा पारेको उहाँले भन्नु भयो । हामीले धुलो र हिलोको समस्या कहिले सम्म भोग्नु पर्ने हो ? उहाँले प्रतिप्रश्न गर्नु भयो । कहिले काँही त ड्रेसमा बढी धुलो लागेर त कहिले हिलो लागेर स्कुल नगई बीच बाटो बाटै फर्किनु पर्ने बाध्यता छ,  चौधरीले भन्नु भयो । यता सडक भत्काउने काम भए पनि मर्मतमा ध्यान नजाँदा सवारीका साधनहरु दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको चालकहरुको भनाई छ । सडकका विभिन्न ठाउँमा खाल्डा खुल्डी छन् गाडी चलाउन पनि निकै समस्या रहेको छ कहिले सम्म यो समस्या खेप्नु पर्ने हो थाहा छैन । एक चालकले गुनासो गर्नु भयो । 

     यस विषयमा मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीका सब इन्जिनियर महेश बिकसंग बुझँदा सरकारबाट नै बजेट ढिला गरी आएकाले टेण्डर प्रकृयामा समेत ढिला भएकाले काम वर्षायाममा शुरु गर्नु परेको र बीचमा लामो बर्षातका लागि सडक निर्माण कार्य ढिला भएको बताउनु भयो ।  सडक ओदारने काम भएको छ तर पानी पर्न रोकिएको छैन् वर्षातमा कालोपत्रे गर्दा सेट नहुने भएकाले काममा ढिलाई भएको विकले भन्नु भयो । असारको २० गतेबाट सडक मर्मत कार्य शुरु गरिएको र अब बर्षत रोकिए भदौको पहिलो हप्ताबाट काम शुरु गर्ने र असोज मसान्त सम्म मर्मत कार्य सम्पन्न हुने विकले बताउनु भयो ।

सडक मर्मतको काम समयमै नहुँदा स्थानियबासी र विद्यार्थीमा पर्न गएको असहजता प्रति हामी पनि गम्भीर छौँ विकले भन्नु भयो । विकासको काम गर्दा केही दिन असहता भए पनि एक दुई महिनामै सबै काम पुरा हुने विकले बिश्वास व्यक्त गर्नु भयो । सडक मर्मत नहुदा सम्म पानी हाल्ने र खाल्डा खुल्डी हुन नदिन फिलिङ गर्ने जिम्मेवारी समेत ठेकेदारलाई दिएका छौ सव इन्जीनियर विकले भन्नु भयो ।  यता गाडी मोटरको धुलै धुलोबाट आजीद बनेका स्थानीयहरुले पैसा संकलन गरी तत्काल काम शुरु गर्न दबाब स्वरुप स्थानियबासीले सडकमै पानी सिँचाई गरेका छन् । उनीहरुले तत्काल सडक मर्मतको काम शुरु नगरेको आन्दोलन सम्म गर्ने चेतवनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो