२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा तीन चरणको खोप अभियान सम्पन्न

२०७७, ५ चैत्र बिहीबार १०:०८

चैत ५, दाङ  । दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ । जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो । 

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । त्यस्तै गत फागुन २३ गतेदेखि दोस्रो चरणमा कर्मचारी, पत्रकार र  जनप्रतिनिधि गरी चार हजार ३३३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

त्यस्तै फागुन २० गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीन अस्पतालका खोप केन्द्रमा खोप लगाइएको तथा दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका १०८  स्वास्थ्यचौकीमध्ये ७० स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला