बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

चैत ९, बर्दिया । बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो ।

कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिनुभयो  ।

कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजना समावेश गरिएको त्रिभुवन मावि कौराका प्रधानाध्यापक दामोदर पौडलले बताउनुभयो ।

विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने उहाँको भनाइ छ । बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानूनी प्रक्रिया नजाउदा तथ्याङ्क एकिन गर्न भने सकिएको छैन । एक अध्ययनअनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत, आफूखुशी ११ प्रतिशत र अभिभावकको करकापबाट २६ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेको पाइएको छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply