<p><b>चैत १०, बर्दिया । </b>२८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै बेचबिखन गर्न खोजेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>सोमबार बर्दियाको मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । </p><p>घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।</p>
ओमन पठाई दिने भन्दै महिलालाई बेचबिखन गर्ने पक्राउ
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

