साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थ"/>
2026-07-04 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने

साउन २३, पर्बत | मानिसले दैनिक उपभोग्य सामाग्री ओसारपसारमा प्रयोग गरिने प्लाष्टिक झोला निषेध गर्न पर्वतमा अभियान थालिने भएको छ । गैर्ह सरकारी संस्था आमा नेपालको प्लाष्टिक झोला निषेध गरौ र वैकल्पिक झोला प्रयोग गरौ भन्ने अभियानलाई पर्वतका सरोकारवाला निकायले समर्थन जनाएका छन् । 

उक्त संस्थाले प्लाष्टिकको प्रयोग मानव जीवनमा हानिकारक हुन्छ भन्ने विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना आइतवार पर्वतको कुश्मा गरेको थियो । सो कार्यक्रमका लागि कुश्मा नगरपालिका र एकता क्लवले सहयोग गरेका थिए । आमा नेपाल संस्थाकी कोषाध्यक्ष सुचना सिग्देलले प्लाष्टिकको प्रयोगले मानव जीवनमा पार्ने असरबारे बताएकी थिईन् । उनले वातावरणलाई संकटमा पार्ने प्लाष्टिकको प्रयोग रोक्न सरोकारवालाहरुलाई आग्रह समेत गरिन् । प्लाष्टिक झोला डाइअक्साइड, एट्रोगेन, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड जस्ता हानिकारक तत्वहरु मिसाएर बनेको हुन्छ । प्लाष्टिक कहिल्यै पनि नकुहिने हुँदा यसको प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने हुँदा प्लाष्टिकको प्रयोग रोक्नुपर्नेमा सहभागीहरुले सहमति जनाएका थिए ।

प्लाष्टिकका प्रयोग नगरी वैकल्पिक झोला प्रयोग गर्न कार्यक्रममा सवैलाई सुझाव दिईएको थियो । उनीहरुले प्लाष्टिक प्रयोगलाई रोक्न अभियान नै थालिनु पर्ने समेत बताए । कार्यक्रममा सफा कुश्माका लागि सामूहिक अभियानका अध्यक्ष खडानन्द आचार्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उवासंघ पर्वतका केदारनाथ शर्मा, कुनपा प्रतिनिधि लालप्रसाद शर्मा, एकता क्लवका अध्यक्ष अच्युत तिवारी लगायत अन्य संघसंस्थाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो