2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडमा छलफल

माघ १५, बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले यही माघ २४ गते हुने साधारणसभा लगायतका विषयमा पत्रकारका विभिन्न
संगठनका प्रमुखहरुसँग आज शुक्रवार बिर्तामोडमा छलफल गरेको छ ।


महासंघको १९औं बैठकसहित आयोजित छलफलमा सचिव एकराज गिरी तथा कोषाध्यक्ष प्रेम आचार्यद्वारा
तयार गरिएको प्रतिवेदन सुझावका लागि सबै सदस्यहरुलाई पठाउने तथा प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई
अन्तिम रुप दिने निर्णय भएको छ ।

पत्रकारका विभिन्न संगठनका
प्रमुखहरुले महासंघको उक्त तयारी र सबैसंग सुझावलिएर अघि बढ्ने महासंघ बर्तमान नेतृत्वको कार्यशैलीको
प्रशंसा गरेका छन् ।

साधरण सभाकै दिन प्रतिवेदन प्रस्तुत
तथा छलफल गर्न पर्याप्त समय नहुने यथार्थ दृष्टिगत गरी सदस्यहरुलाई समयमै प्रतिवेदन उपलब्ध गराउन यस
पटकबाट थालनी गर्न लागिएको हो ।

महासंघका अध्यक्ष भीम
नेम्वाङको अध्यक्षतामा भएको बैठकमा उचित मागदण्ड तयार गरी महासंघको नयाँ सदस्यता प्रदान गर्ने विषयमा
समेत छलफल भएको थियो ।

बैठकले बिर्तामोड नगरपालिकासँगको
सहकार्यमा दुई दिने खोज पत्रकारिता प्रशिक्षण बिर्तामोडमा र जिल्ला विकास समितिको सहकार्यमा सूचना
प्रवाह तथा विकास प्रभावकारिता सम्बन्धी दुई दिने प्रशिक्षण चन्द्रगढीमा आगामी फागुनभित्र सञ्चालन गर्ने
निर्णय समेत गरेको महासंघका सचिव गिरीले जानकारी दिए ।


छलफलमा प्रेस चौतारी झापाका निवर्तमान अध्यक्ष गोपाल काफ्ले, क्रान्तिकारी पत्रकार संघका
अध्यक्ष टीकाराम उप्रेती, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गणेशमान मुखिया, आदिवासी पत्रकार
संघका अध्यक्ष इन्द्रसिंह राजवंशी र नेवाः पत्रकार राष्ट्रिय देय दवुःका अध्यक्ष अमृतलाल श्रेष्ठले
विभिन्न सुझाव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई