२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खुलेन ताक्लाकोटको नेपाली बजार

२०७७, ११ चैत्र बुधबार ११:०१

चैत ११, बझाङ । साइपाल गाउँपालिका– ६ का जगत् तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आउनुभएको  छ । पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उहाँ काठमाडौँमा हुनुहुन्छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन घोषणा ग¥यो । बन्दाबन्दीसँगै उहाँ पसल बन्द गरेर नेपाल फर्कनुभयो ।

उहाँ मात्र होइन हुम्लाका तासी लामा, दार्चुलाका योगेश बोहरालगायत करीब दुई सय नेपाली व्यापारी नेपाल फर्कनुभयो । उहाँहरु नेपाल फर्केको झण्डै दुई वर्ष पुग्नै लागेको छ । कोभिड–१९ को महामारी शुरु भएपछि प्रभावित नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन । 

ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको  तामाङ बताउनुहुन्छ । नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “लकडाउन भएसँगै पसल बन्द गरेर नेपाल आइयो । अहिलेसम्म खोल्न पाएको छैन ।” पसल सञ्चालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन । ताक्लाकोट जान नपाउँदा आफूहरु मर्कामा परेको उहाँ बताउनुहुन्छ । 

अहिले पनि समयसमयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन् । नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । सङ्घीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आउनुभएका दार्चुलाका  बोहरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ  तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ ।

कोभिडकै सङ्क्रमण हुने डर हो भने अन्य मुलुकसँग व्यापार गर्दा सङ्क्रमण नहुने र नेपालसँग गर्दा सङ्क्रमण हुन्छ भन्ने हुँदैन । व्यापारिक नाका सञ्चालनका लागि नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने उहाँहरुको माग छ । 

ताक्लाकोट बजारमा नेपालीले वर्षाँ देखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुप्र्री, खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ । ताक्लाकोटलगायत नजीकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ । हाते होजियारी र हस्तकलाका सामान नेपाली बजारभन्दा तीन गुणा महँगोमा बिक्री हुने गरेको छ ।

तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने शहर ताक्लाकोट भएर नै  हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जानुपर्ने हुन्छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको सो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने अर्का व्यवसायी हुम्लाका लामा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ