२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर

२०७७, १३ चैत्र शुक्रबार ०६:१०

चैत १३, बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गरिरहेका छन् । टोलीले निःशुल्करुपमा ओपिडी सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, महिलाको पाठेघरसम्बन्धी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा र यौन रोगसम्बन्धी सेवा गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बताउनुभयो । 

उहाँले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएकोसमेत बताउनुभयो । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका–१ का जयबहादुर बोहराले भन्नुभयो, “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौँ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ ।” वर्षौंदेखि पेटको समस्या थियो, पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन, यो धेरै राम्रो काम ग¥यो जिल्ला अस्पताल बोहराको मात्र होइनन् सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीको भनाइ पनि उस्तै रहेको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हँुदा योपटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनोट गरेको हो ।” उहाँले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रहसमेत गर्नुभयो । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधिसहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागि खुशीको कुरा भएकाले सबैले आएर सहभागी हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले दुर्गम गाउँमा विशेषज्ञसहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो ठूलो उपलब्धि भएकोसमेत बताउनुभयो । शिविरमा २१८ जनाले सेवा लिएका छन् जसमा ७१ जनाले भिडियो एक्स–रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला र दुई जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा देवराज रतालाले जानकारी दिनुभएको छ । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट नौ जना डाक्टरको टोली खटिएको थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ