नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक"/>
2026-10-15 06:52 AM
जुम्ला - JML

प्रसुति सेवाका लागि वर्थिङ सेन्टरमा पुग्नु भएकि डाँगि प्रसुति सेवा नपाएरै सुत्केरी

नन्दराम जैशी | साउन २४, जुम्ला | सुरक्षित प्रसुति सेवाका लागि तातोपानि वर्थिङ सेन्टरमा पुग्नु भएकि जुम्ला तातोपानि ५ कि विनासि डाँगि प्रसुति सेवा नपाएर बाटोमै सुत्केरी हुनु भएको छ । आइतबार दिउसो २ वजे तिर प्रसुति ब्यथा लागेपछि सुरक्षित प्रसुति सेवाका लागि वर्थिङ सेन्टरमा पुग्नु भएकि विनासि डाँगि दिउसै बन्द रहेको तातोपानि वर्थिङ सेन्टर बाहिर सुत्केरी हुनु भएको हो । 

प्रसुति ब्यथा लागेपछि डाँगिका आफन्तले उहालाइ बोकेर वर्थिङ सेन्टर लिएर जाँदा दिउसै बन्द रहेको वर्थिङ सेन्टरमा कोहि चिकित्सकहरु नहुदाँ उहाँ ब्यथाको छटपटाइमा र चिकित्सकको पर्खाइमा कुर्दा कुर्दै अन्तमा वर्थिङ सेन्टर बाहिरै सुत्केरी भएको उहाका आफन्त खड्क वहादुर डाँगीले जानकारी दिनुभयो । दिउसै बन्द रहेको वर्थिङ सेन्टरका चिकित्सकलाइ छिमेकि गाँउ लगाएत आसपासको सबै क्षेत्रमा खोज्दा कसैलाइ नभेटेपटि सुत्केरीलाइ सुरक्षित रुपमा घर ल्याइएको डाँगिबाडाका स्थानियको भनाइ छ ।

सुरक्षित प्रसुति सेवाका लागि वर्थिङ सेन्टर पुग्नु भएकि विनासि डाँगिले वर्थिङ सेन्टर बाहिरै खुल्ला आकाश मुनि छोरीको जन्म दिन सफल भएकि छन् । अहिले वच्चा र आमाको स्वास्थय अवस्था सामान्य रहेको बताइएको छ ।यसैबिषयमा यता जिल्ला स्वास्थ्य कार्यालयसँग बुझ्दा कार्यालयले कुनै आधिकारीक जानकारी प्राप्त हुन नसकेको जानकारी दिएको छ ।   

निमित्त जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगिले वर्थिङ सेन्टरमा अनिवार्य स्टाफहरु हुनु पर्ने हो, तर यस बिषयमा खासै के भएको हो र आज कर्मचारी किन कार्यालय बन्द गरेर बसेका हुन् भन्ने बिषयमा जानकारी लिन वर्थिङ सेन्टरमा सम्पर्क गरीने बताउनु भएको छ । हाल तातोपानि वर्थिङ सेन्टरका प्रमुख कमल सिह कठायत लगाएत अन्य कर्मचारीहरु सेन्टरमा कार्यरत रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने