2026-07-03 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

‘७ जनाको मृत्यु भएको छ, सबैको सव क्षेतबिक्षेत भएका छन्, हेलिकप्टर पुरै जलेको छ’


साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई  लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचारसँगै घटनास्थलबाट स्थानीय श्याम मुढभारीले साझासबाल अनलाइनलाई बताए अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 

मुडभरीले साझा सबाललाई भने -'मृत्यु भएका सबैको लास क्षेतबिक्षेत अवस्था छन् । हेलिकप्टर पूर्णत: जलेको अवस्थामा छ । यतिखेर सुरक्षाकर्मीहरुले त्यहाँ उद्दारको काम गरिरहेका छन् ।' हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जना परेका छन् । 

गोर्खाको सिर्दिवास गाविस-८ फिलिम भन्ने स्थानबाट विरामीहरु लिएर काठमाडौंका लागि उडेको नाइन एन एकेए कलसाइन भएको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को बेतिनी जंगलको भीरमा दुर्घटना भएको थियो । स्थानीयले भनेका थिए – 'हिलिकप्टर ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।' 

गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन आज दिउँसो १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको थियो । 

को-को थिए हेलिकप्टरमा ? 

उक्त हेलिकप्टरमा स्थानीय सामाजिक संस्थामा काम गर्ने इटहरी, सुनसरीकी २२ वर्षीय निशा तामाङ सहित १९ वर्षीय सुत्केर प्रिति गुरूङ र उनको ५ दिनको शिशु, उनका ससुरा ६० वर्षीय कितमान गुरूङ, त्यस्तै सासु ५६ वर्षीय अज्ञानी गुरूङ र काठमाडौंबाट हेलिकप्टर लिएर गएकी लक्ष्मी गुरूङ थिए । हेलिकप्टर पाइलट रञ्जन लिम्बूले उडाएका थिए। 

  • तश्विर: हरी सापकोटा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो