2026-09-18 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण

चैत २२, नुवाकोट । नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन  निर्माण सम्पन्न भएका छन् । मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा यहाँ गुरुयोजना अनुसार ती भवन निर्माण भएका हुन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको शनिबार उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गर्दै थप संरचना निर्माणमा बजेट अभाव नहुने जानकारी दिनुभयो । 

“धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उहाँले भन्नुभयो, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।”

गुरुयोजना अनुसार पुरातत्व विभागबाट स्वीकृत बजेट अनुसार निर्माण थालिएको संचरचनाको मन्त्री ढकालले शिलान्यास समेत गर्नुभएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले  गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिनुभयो । भौगोलिक रुपमा विकट बस्ती भए पनि मूल सडकबाट ट्र्याक खोलिएको सडकको लागि व्यवस्थित बनाउन (कालोपत्र गर्न) व्यक्तिगत रुपमा पूरा गर्ने वाग्मती प्रदेससभाका सदस्य बद्री मैनालीले प्रतिबद्धता जनाउनुभयो ।

दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर महादेवको मन्दिर व्यवस्थापनको लागि गाउँपालिका अर्थात स्थानीय सरकारको तर्फबाट आफूले समेत बजेट उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । 

दुप्चेश्वर गाउँपालिका–६ राउतबेँशीस्थित चट्टाने भिरमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरको संरक्षणमा तीन तहको सरकारबीचको सहकार्यमा निकै सुधारका काम हुँदै आएको छ । तीन तहको सरकारमार्फत मन्दिरसम्म पुग्न कठिन रहेको बाटोमा पदमार्गको व्यवस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानीबाट बच्न अहिले छाना लगाइएको छ । 

मन्दिरको भेटी तथा सहयोगको बैंकमार्फत पारदर्शी, सिसिटिभी क्यामरामार्फत सुरक्षालगायतको प्रबन्ध मिलाइएकाले गुरुयोजनामार्फत आगामी दिनमा आवश्यकताको आधारमा थप संरचनाको निर्माण गर्दै अघि बढ्न मन्त्रीबाट पाएको प्रतिबद्धताले आफू उत्साहित भएको समाजसेवी बलराम आचार्यको भनाइ छ ।

 सोही अवसरमा मन्दिरका पूजारी भगवानहरि धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिमा निकै उच्च रहेको जानकारी दिँदै संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई