३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल

२१ माघ २०७२, बिहीबार १०:०१

FNJ-Logo-माघ २१, बिर्तामोड (सास) । नेपाल पत्रकार महासंघ झापा शाखाले महासंघको नयाँ सदस्यता
वितरणका लागि पत्रकारका संगठन प्रमुखहरुसँग छलफल शुरु गरेको छ ।

महासंघ झापा शाखाको बिर्तामोडस्थित
कार्यालयमा विहीवार कार्य समिति बैठकसहित संगठन प्रमुखहरुसँग सदस्यता बारे छलफल भएको हो ।

महासंघ
झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको बैठक तथा छलफलमा विद्यानतः योग्यता पुगेका
पत्रकारलार्ई आवश्यक र उचित मापदण्ड बनाएर नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । कार्य समितिको
आगामी बैठकले आवेदन खुल्लाका लागि निर्णय गर्ने जनाइएको छ ।

छलफलमा प्रेस चौतारी झापाका अध्यक्ष
मुक्ति पौडेल, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशमान मुखिया लगायतले महासंघको नयाँ
सदस्यता वितरणमा आफ्नाभन्दा पनि योग्य पत्रकारलाई मात्र सदस्यता प्रदान गर्नुपर्ने र पत्रकारका विभिन्न
संगठनले इमान्दारीसाथ त्यस विषयमा प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिए ।

सांगठानिक र आर्थिक प्रतिवेदन अनुमोदनः

बैठकले यही माघ २४
गते आइतवार महासंघको साधारणसभामा प्रस्तुत हुने महासंघका सचिव एकराज गिरी र कोषाध्यक्ष प्रेम
आचार्यद्वारा तयार गरिएको सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझावसहित अनुमोदन गरेको छ

नवीकरणका लागि आव्हान:

त्यसैगरी महासंघ केन्द्रीय समितिको सर्कुलर बमोजिम
७२ सालसम्मको सदस्यता नवीकरण यही माघ मसान्तभित्र गरी सक्न महासंघ झापा शाखाले सबै सदस्यहरुमा आव्हान
गरेको महासंघका सचिव एकराज गिरीले जानकारी दिए ।

दुर्घट्ना बीमामा
सहभागिता:

त्यस्तै महासंघ केन्द्रीय समिति, सूचना विभाग र सञ्चार मन्त्रालयको सहकार्यमा यसै
बर्षबाट शुरु गरेको पत्रकार दुर्घटना बीमामा झापाबाट १८ जना पत्रकारमात्र सहभागी भएकोले पत्रकार सुरक्षा
कार्यक्रम अन्तर्गत दुर्घटना बीमामा झापाबाट बढीभन्दा बढी पत्रकारलाई सहभागी हुन महासंघले आव्हान गरेको
छ ।

पौडेल र बराललाई बधाई:

महासंघले प्रेस चौतारी नेपाल झापाको ८औं जिल्ला
अधिवेशनबाट सर्वसम्मत रुपमा सो संगठनको अध्यक्षमा मुक्ति पौडेल तथा महासंघकी कार्य समिति सदस्य गंगा
बराल कोषाध्यक्षमा चयन भएकोमा उनीहरुसहित नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना
व्यक्त गरेको छ ।

कुइँकेलको सदस्यता स्थानान्तरणः

महासंघले सदस्य राजेश
कुइँकेलको निवेदन अनुसार उनको सदस्यता महासंघको दुवई शाखामा स्थानान्तरणका लागि सिफारिस गर्ने निर्णय
समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग