Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बझाङबाट बेपत्ता भएका तीन सन्तानको अवस्था अझै अज्ञात

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ ।

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया छोरी कमला रहेको प्रहरीले बताएको छ ।

यही साउन १५ गते श्रीमान्सँग झगडा भएर घरबाट निस्किएकी २८ वर्षीया गोमा पाँचदिनपछि साउन १९ गते स्थानीय सङ्घार खोलामा मृतावस्थामा फेला परे पनि तीन छोराछोरीको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । रासस