2026-09-13 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान

वैशाख ७, म्याग्दी । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिनुभयो । पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताउनुभयो । सेभेन समिट टे«कबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताउनुभयो । सुन्दर ठाउँमा अवस्थित अन्नपूर्र्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गर्नुभएको छ । फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

अन्नपूर्ण हिमालको सफल आरोहण गरेर कीर्तिमानी बनाएकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार भव्य सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताउनुभयो ।  साहसले नै सफल आरोहण भएको उहाँले अनुभव सुनाउनुभयो । पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको उहाँले प्रतिक्रिया दिनुभयो । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई उहाँले धन्यवाद दिनुभयो । 

अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए । यस वर्ष छ नेपाली महिलासहित सबैभन्दा धेरैले चुचुरोमा पाइला पुगेको वर्षका रूपमा लिनुपर्ने आरोहणका मुख्य गाइडर पेम्वा शेर्पाले बताउनुभयो । पेम्बा पनि पहिलोपटक अन्नपूर्ण हिमाल चढ्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन