2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

एन–प्यासनको ‘स्पोटर्स मिट’ शुरू

NPabson Sports Meetमाघ २३, झापा (सास) । निजी तथा आवसिय विद्यालय एशोसियशन नेपाल
(एन–प्याप्सन) झापाको ‘एन्युअल स्पोर्टस मिट’ शुक्रबारबाट शुरू भएको छ ।

सरस्वती मावि
जामुनबारीमा आयोजित एक कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले स्पोटर्स मिटको
उद्घाटन गरेका हुन् ।

फागुन ८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाका ६५ वटा विद्यालय सहभागी भएका छन् ।
प्रतियोगिता अन्तरगत जुनियर, सिनियर फुटबल, निमावि स्तरीय भलिबल, सिङ्गल टेवल टेनिस, छात्र तथा छात्रा
एथ्लेटिक्स, खुल्ला मिनी म्याराथुन, मावि स्तरीय वक्तृत्वकला तथा चित्रकला र मावि स्तरीय चेस
प्रतियोगिताको आयोजना हुने जिल्ला कोषाध्यक्ष अनिता थापाले बताइन् ।

उद्घाटन कार्यक्रमको पहिलो दिन फाक्तालुङ र मर्निङ
ग्रलोरी बोडिङ स्कुलबीच जुनियर फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा मर्निङ ग्रोलरी २–० को गोल
अन्तरले फाक्तालुङलाई हराएको थियो । जीतका लागि आस्तान राईले २ गोल गरेका थिए ।

शनिबारको खेल कन्काइ बोडिङ स्कुल विर्तामोड र
इडेन गार्डेन बोडिङ स्कुल विर्तामोड तथा नमुना बोडिङ स्कुल चकचकी र मर्निङ ग्रोलोरीबीच हुने सदस्य भगिरथ
राईले बताए । कार्यव्रmममा विद्यार्थीहरूले नृत्य तथा मार्चपास प्रस्तुत गरेका थिए ।

एन प्याप्सनका जिल्ला अध्यक्ष सञ्जीव
राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, सहायक जिल्ला
शिक्षा अधिकारी गणेश अधिकारी, लेखा अधिकृत नगेन्द्र दाहाल, विद्यालय निरिक्षक सुरेन्द्र दाहाल, सरस्वती
माविका प्रधानाध्यापक तुलसी कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

उपाध्यक्ष पेम्बा लामाले स्वागत गरेको कार्यक्रमको
सञ्चालन सचिव अग्निप्रसाद कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक