2026-07-25 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लङ्गाउँमा खानेपानीको चरम अभाव

वैशाख ९, बागलुङ । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि विसं २०३४ मा बागलुङ–६ धारापानीको मुहानबाट पानी ल्याएर खाँदै आउनुभएका लङ्गाउँवासीलाई पुनः १० वर्षअघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।

जनसङ्ख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहान सुक्दै जान थालेपछि विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीयवासी टेकबहादुर थापाले बताउनुभयो । “हिउँदको चार महिनामा खानेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामा दुई गाग्री पानी आउँछ”, थापाले भन्नुभयो, “एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाइ र पशुका लागि लङ्गाउँमुनिको गोजीको धारोबाट बोकेर ल्याउँछौँ, आउन जान आधा घण्टा लाग्छ ।”

बजार नजिकैको घर भएरसमेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नुपर्ने समस्या पीडादायी भएको उहाँको गुनासो छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हालसम्म कुनै काम हुन नसकेको स्थानीयवासी याम थापाले जानकारी दिनुभयो । अहिले लङ्गाउँका लागि भनेर भिरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानी तानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडि नबढ्दा समस्या भइरहेको छ ।

खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र नगरपालिकाको साझेदारीमा काठेखोलाको पानी लिफ्टमार्फत माथि ल्याउने काम भइरहे पनि समयमै नसकिँदा सोही लिफ्टको पानीमाथि लगेर लङ्गाउँ पु¥याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न पाइन्छ ।

अहिले लङ्गाउँका बासिन्दाले भिरलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानी कुर्दै बसेका छन् । मुख्य खानेपानी आयोजनाको काम पूरा नहुनु र भिरलाखुरी पम्पमार्फत पु¥याउने खानेपानीको कामको कुनै सुरसार नहुँदा अझै केही वर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा छ ।

नगरपालिकाले खानेपानीका लागि अधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पु¥याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्नासाथ पुनः एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक