Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

होम आइसोलेसनमा बसेका संक्रमितले गरे आत्महत्या, उपचाररत ३ संक्रमितको मृत्यु

By साझासवाल

<p><b>वैशाख १२, काठमाडौं </b>। बाँकेमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । जसमध्य एक जनाले आत्महत्या गरेका हुन् ।&nbsp;<br></p><p>कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा सनिबार साँझ आत्महत्या गरेका हुन् । खत्रीलाई गत वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।</p>