साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेरा"/>
2026-09-19 08:10 AM
नवलपुर - NWL

नवलपरासीमा सर्पले टोक्दा एक दम्पत्तीको एउटै चितामा दाह संस्कार

साउन २५, नवलपरासी । सर्पले टोक्दा नवलपरासीमा एक दम्पत्तीको मृत्यु भएको छ । सिमावर्ति गाविस हरपुर वडा नम्बर ८ मुडेराका ३५ वर्षिय शिवशंक हरिजन र उनका श्रिमति लक्ष्मीनादेवी हरिजन दुबै को मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्ति विपन्न परिवारका उनिहरु हिजोराति आफ्नै सानो झुप्रोमा भुँईमा सुतेको बेला सर्प टोकेको थियो । दुबैजना रक्सी सेवन गरेकाले सर्प टोक्ने वित्तिकै थाहा नभएको  र विहान उठ्दा श्रिमानको हात र श्रिमति लक्ष्मीनाको खुट्टामा सर्प टोकेको छिमेकीहरुले बताएका छन् । 

विहान उठदा क्षिमेकीहरुको सहयोगमा उपचारका लागि दुबैजना लाई पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याईएको थियो । अस्पताल नपुग्दै श्रिमतिको मृत्यु भएको थियो भने जिल्ला अस्पतालमा सर्प दंसको औषद्धि नभएकोले श्रिमान शिवशंकलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र त्रिवेणिमा लैजादै गर्दा मृत्यु भएको प्रहरी चौकी अमानिगंजका ईन्चार्ज हरि प्रसाद भुषालले बताउनु भयो । 

उनिहरुको एउटै चितामा दाह संस्कार गरिएको छ । उनिहरु अत्ति गरिब भएकाले उपचारमा ढिलाई हुदा मृत्यु भएको बताईएको छ । उनिहरुको २ वटा छोराहरुलाई ठुलो बुवा नाथु हरिजनको रेखदेखमा राखिएको छ ।  

– मोहम्मद ईजहार शेष बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई