By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
7 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
9 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
12 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आलेख : कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > आलेख : कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास
बाग्लुङ्ग - BGLसमाज

आलेख : कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास

साझासवाल
Last updated: April 27, 2021 9:22 am
साझासवाल
10 Min Read
Share

तारानाथ आचार्य,  वैशाख १४, बलेवा (रासस) । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको थोरै मात्र देखिन्छ । अहिले पनि यहाँको दैनिकी निकै व्यस्त र सामान्य जस्तै नै देखिन्छ ।

बागलुङ बजार मात्रै होइन यहाँका स्थानीय बजार र गाउँहरुमा जमघट, भेटघाटहरु घटेका छैनन् । झ्याम झ्याम बाजा बजाएर सय जनाभन्दा बढीको सङ्ख्या जन्ती देखिन्छन् विवाहमा । बजार र गाउँ गर्दै विवाहका लगन छोप्नेहरुको तछाडमछाड पनि छँदैछ । नेपाल सरकार र स्थानीय प्रशासनले भीड नगर्न, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका भए पनि ती आग्रहहरु सार्वजनिक सूचनामा मात्र सीमित देखिन्छन् ।

कोरोनाको दोस्रो लहर ‘युके भेरिएन्ट’ तीव्र गतिमा फैलिएका समाचारहरु देशका विभिन्न जिल्लाबाट आउन थालेका छन् । पछिल्लो समयको अवस्था हेर्दा यो पछिल्लो भेरिएन्टको शिकार बालबालिका भइरहेका छन् । अहिले देशमा कोरोना भाइरसको दोस्रो लहर आनएको भनिएको छ र यसमा नयाँ प्रजाति ‘युके भेरियन्ट’ फैलिने क्रम अहिले तीव्र छ ।

पछिल्लो समय गण्डकी प्रदेशका बालबालिकामा कोरोना सङ्क्रमण फैलिइरहेको सुनिएको छ । युके भेरियन्ट बालबालिका उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा बताउनुहुन्छ । ‘‘पहिले बिरामी, वृद्धवृद्धा बढी जोखिममा थिए तर अहिले सबैभन्दा मारमा बालबालिका छन् । त्यसमध्ये पनि ११ वर्ष मुनिका बालबालिका बढी जोखिममा छन्,’’ उहाँले भन्नुभयो

गण्डकीमा सोमबारसम्म १७४ जनामा युके भेरियन्ट पुष्टि भएको छ । त्यसमध्ये १०४ जना बालबालिका नै रहेको डा शर्मा बताउनुहुन्छ । युके भेरियन्ट लक्षणसहितको कोरोना ग्राफ फैलिइरहेको अवस्थामा पहिलो चरणको कोरोना फैलँदा कोरोनाको ‘हटस्पट’ का रुपमा चर्चा पाएको बागलुङ दोस्रो लहरमा पनि अलग रहन सकेको छैन । पछिल्लो समय बागलुङमा कोरोनाका १४८ जना सक्रिय सङ्क्रमित छन्, तर अस्पतालमा भने दुई चार जना मात्रै छन् । सङ्क्रमित देखिएका क्षेत्रहरुमा आवश्यक सतर्कता अपनाइएको छैन ।

अधिकांश सङ्क्रमितहरु घरघरमै बसेका छन् । होम आइसोलेशनमा बसेकाले नियम तथा मापदण्ड पूरा गरेका छन् वा छैनन् त्यो शंकास्पद छ । उनीहरुले सामान्य मापदण्ड पूरा नगरेको खण्डमा बागलुङ कोरोनाको हटस्पट बन्न सक्ने खतरा झन् बढेको छ । तीन महिनासम्म झण्डै शून्य सङ्क्रमित बनेको बागलुङको समुदाय र विद्यालय तहमा सङ्क्रमण देखिएपछि आइतबारबाट विद्यालय बन्द भएका छन् । यस अघिको दुई साताको लापरवाहीले सङ्क्रमणको दर बढेको हो । विदेशबाट आएकादेखि सङ्क्रमित भएकाले गर्ने लापरवाही नै यसपटकको समस्याको कारण भएको स्वास्थ्यकर्मीले बताए ।

यसपटक बागलुङ नगरपालिका–१४ को जनताधन मावि सबैभन्दा बढी प्रभावित भयो । आइतबार मात्रै बलेवाकै पैयूँपाटामा १३ जनामा सङ्क्रमण देखियो । जसमध्ये बालबालिका पनि छन् । विद्यालयसम्म सङ्क्रमण प्रवेश गर्नुमा विदेशबाट आएका र विद्यालयका शिक्षकको लापरवाही जस्तो देखिएको छ । उनीहरुले समयमै सतर्कता नअपनाएपछि सङ्क्रमण बढेको हो । तर त्योभन्दा पहिला बागलुङ नगरपालिकाको वेवास्ता प्रमुख कारण भएको टिप्प्णी हुन थालेको छ । ‘‘समयमै विद्यालय बन्द गराउन सकेको भए यतिधेरै समस्या आउने थिएन’’ वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले भन्नुभयो, ‘‘आन्तरिक रुपमा वडाभित्रको व्यवस्थापनमा पनि लाग्न सकिएन ।’’ हरेक वडाले विदेशबाट आएका तथा वडाभित्र कोही सङ्क्रमण भइहालेमा स्वास्थ्य मापदण्ड पालना गराउन पहल गर्ने विषय कमजोर भएको उहाँले बताउनुयो ।

सङ्क्रमण देखिएपछि बलेवा क्षेत्रका तीन वटा वडालाई निषेधाज्ञा लगाइएको छ । सबैको चासोपछि बलेवामा ‘लकडाउन’ गराएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । स्वाब परीक्षणका लागि पठाएपछि दुई दिनसम्म विद्यालय नियमित खुलेकोले बाँकी विद्यार्थी, उनीहरुको घर परिवार र छिमेकीलाई सङ्क्रमण बढेको थियो । स्वास्थ्य कार्यालय बागलुङले बलेवासहित नगरपालिकाका शंकास्पद क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलन कार्य थालिसकेको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुयो ।

सङ्क्रमित राख्नका लागि धौलागिरि अस्पतालमा २५ बेड आइसोलेशन छ । तर अस्पतालमा पनि पूरै श्ययामा सङ्क्रमित छैनन् । घरघरमा बस्ने व्यवस्थाले केही सहज भए पनि मापदण्ड पालनामा भने लापरवाही हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो । ‘‘घरघरमा बस्नेले सुरक्षा मापदण्ड पालना अनिवार्य गर्नुपर्छ ।’’ पछिल्लो समय धमाधम भारतबाट आउनेको सङ्ख्या बढेको छ तर त्यसरी आउनेलाइ राख्न क्वारेन्टिन  छैनन् । आएकाले पनि थाहै नदिइ घरघरमा पुग्ने गरेपछि समुदायमा सङ्क्रमण पुगेको हो । अघिल्लो वर्ष सयौँ मानिस राख्न सक्ने क्वारेन्टिन बनाएका संस्था र स्थानीय तहले अहिले वास्तै नगरेका हुन् । बिरामीको सङ्ख्या बढेमा के गर्ने भन्ने अस्पताल, नगरपालिका र स्वास्थ्य कार्यालयमा योजना बनेको छैन ।

चैतेदशैँमा बागलुङमा लाग्ने मेलामा हजारौँलाई रोक नलगाएको प्रशासनले भने मठमन्दिरमा त्यसपछि रोक लगाएको छ । ‘‘जोखिमको दिन केही वास्ता भएन, आज छिटफुट आउने भक्तजन रोकेर के होला र ?’’ बागलुङ नगरपालिका– २ की डिलकुमारी पुनले भन्नुभयो, ‘‘सर्वसाधारणलाई निषेध गर्ने, सरकारी गाडीमा आउनेलाई वास्तै छैन ।’’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० दिन अघि नै बागलुङलाई उच्च जोखिमको जिल्ला मानेको थियो ।

त्यतिबेला यहाँको एक प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थी, केही सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी समेत करिब ५० जना जति सङ्क्रमित थिए । अहिले देखिएका सक्रिय सङ्क्रमित पनि एक दुइजना बाहिरका छन्, बाँकी सबै बागलुङ नगरपालिका भित्रका मात्रै हुन् । उनीहरुमध्ये अधिकांश अहिले पनि घरघरमै छन् । ‘‘बालबालिका मात्रै सङ्क्रमित भएकाले कोठाभित्रै राखिएको छ’’ अभिभावकहरु भन्छन्, ‘‘सदरमुकामको अस्पताल पु¥याएर उनीहरु झन आत्तिन्छन् ।’’ बलेवाका अधिकांश बालबालिकामा रुघाखोकी र सामान्य ज्वरो छ । जटिल समस्या भएमा अस्पताल पठाउनेगरी घरघरमै सुरक्षित बस्न भनिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

मन्त्रिपरिषद्ले विद्यालय बन्दको निर्णय नमान्दा जोखिम अझै बढेको अभिभावकले बताए । विद्यालय बन्द नगरेपछि जवर्जस्ती बालबालिका पठाउनु परेको स्थानीय सगुन लामिछानेले गुनासो गर्नुभयो । बागलुङ नगरशिक्षा अधिकारी डण्डपाणी शर्माले पहिलो चरणमा जोखिम नदेखिएकोले खोलेको र जोखिम देखिएपछि बन्द गराएको बताउनुभयो । शैक्षिक सत्रको शुरुवातमा पनि धेरै पढाइ छुटेकोले बन्द गर्न नखोजेको उहाँको भनाइ छ ।

कोरोनाको महामारी सुरु हुँदा बिदेशबाट आउनेहरुका कारण बागलुङ सबैभन्दा बढी प्रभावित भएको थियो । दोस्रो लहरमा पनि भारतबाट आउनेहरुका कारण जोखिम बढेको बलेवाका एक स्थानीयले बताए । ‘‘भारतबाट आएकाहरुले सावधानी नअपनाउँदा हाम्रा बालबालिका सङ्क्रमणमा परे’’ ती स्थानीयले भने ‘‘लाहुरेहरुको शिक्षकसँगको हिमचिम र शिक्षकहरुमार्फत् वालबालिकामा सङ्क्रमण पुग्यो ।’’ पहिलो लरहका बेला जिल्लाभर एक जना मात्रै सङ्क्रमित हुँदा सिमानामा स्वयंसेवक खटाएर आवतजावत बन्द गरेका यहाँका स्थानीय तहले अहिले कुनै खालको तयारी र सजगता अपनाएको पाइएको छैन । पहिलेको जस्तो अवस्था नरहेको र सीमामा कठाई गर्दा विकास र अर्थतन्त्रमा असर गर्ने स्थानीय सरकार प्रमुखहरु बताउँछन् ।

पहिलो लहरको महामारी चल्दाचल्दै केही समय सुखको सास फेरेको बागलुङ दोस्रो लहरको समेत नराम्ररी शिकार भएको छ । सदरमुकाम नजिकैको एक प्राविधिक विद्यालयका विद्यार्थीमा ठुलो सङ्ख्यामा देखिएको सङ्क्रमणको दोस्रो लहर यतिवेला सदरमुकाम आसपासका गाउँहरुमा पुगेको छ ।

गतवर्ष यही समयमा बागलुङ दुई जना मात्रै कोरोना सङ्क्रमित अस्पतालमा थिए । नेपालकै पाचौँ र बागलुङको पहिलो सङ्क्रमित अंशु सापकोटा धौलागिरी अस्पतालको आइसोलेसनमा हुँदा बजार सुनशान थियो । सडकमा ट्राफिक प्रहरी, गस्तीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरुमात्रै देखिन्थे । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दूध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत प्रभाव थियो । त्यस्ता ठाउँहरुको पनि आधा ढोका मात्रै खुलेको थियो । तर अहिले त्यस्तो छैन । सर्वसाधारण सचेत छैनन् नत प्रशासन नै छ । यस्तो अवस्थामा एकपछि अर्काे गर्दै भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ ।

बागलुङमा कोरोनाको पहिलो लहर चलेपछि यहाँ रहेको धौलागिरि अस्पतालमा धेरै पूर्वाधार बनेका छन् । सघन उपचार कक्ष नै नरहेको अस्पतालमा अहिले तीन श्ययाको उपचार कक्षा बनेको छ । एउटा मात्रै भेण्टिलेटर रहेको अस्पतालले अहिले भने पाँच वटा भेण्टिलेटर पाएको छ । नेपाल सरकारले यो अस्पतालको स्तरोन्नती गरेर दुई सय श्ययाको बनाउने घोषणा गरेसँगै विनियोजन भएको बजेटबाट काम शुरु भएको छ ।

गण्डकी प्रदेशको मुकाम पोखरा बाहिर कोरोनाको परीक्षण प्रयोगशाला स्थापना गर्दा नवलपुर र बागलुङलाई प्राथमिकतामा राखेर धौलागिरी अस्पतालमा प्रयोगशाला स्थापना भएको छ । ‘‘प्रयोगशालाको परीक्षण सकियो, नतिजा राम्रो दिएको छ’’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भन्नुभयो, ‘‘नेपाल सरकारले यसलाई अनुमति दिएको छैन, पाउँदाको भोलिपल्टबाट परीक्षण सुरु हुन्छ ।’’

पहिलो लहर चल्ने बेलाको जस्तो पीपीई, मास्क, सेनिटाइजरको अभाव छैन । अघिल्लो वर्षको पहिलो सङ्क्रमित अंशुलाई अस्पताल ल्याउनका लागि सवारी चालकले पीपीई नपाएकै कारण ठूलो समस्या परेको थियो । तर अहिले त्यस्तै भने छैन । पहिलेका तुलनामा साधन, स्रोतहरु थपिएका छन् भने अस्पतालको अवस्था सुध्रिएको छ । तर पनि पहिलेको तुलनामा यो दोस्रो लहरको सङ्क्रमण अझ खतरा हुने भनिएको छ । यति बेलाको सङ्क्रमणको फैलावट दर हेर्दा पनि त्यस्तै देखिन्छ । त्यसैले जिल्लामा नागरिक, प्रशासन र यहाँका स्थानीय तह पनि उत्तिकै सचेत र सजग हुनु जरुरी छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जापानमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने दश हजार भन्दा बढी
Next Article वैशाख १६ गतेबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आर्ट काउन्सिलमा आर्ट फर नेचर

57 years ago
पाँचथर - PCTमुख्य समाचारसमाज

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

1 year ago
समाज

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

57 years ago
काठमाडौँ - KTMसमाज

आजको मौसम पूर्वानुमान: चट्याङ्गसहित वर्षाको सम्भावना कहाँ कहाँ छ ?

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?