Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

परीक्षण नहुँदा सर्लाही का गाउँगाउँमा सङ्क्रमणको त्रास

By साझासवाल

<p><b>वैशाख २२, सर्लाही (रासस)।</b> कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर जाने गरेका कारण जिल्लाका गाउँ वस्तीहरुमा कोराना सङ्क्रमण फैलिने सम्भावना रहेको छ ।<br></p><p>भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर सङ्क्रमण पत्ता लगाउने भनिए पनि जिल्लाका नाकाहरुमा जाँच हुने गरेको छैन । स्वास्थ्य कार्यालयमा पिसिआर जाँच हुने गरेको भएपनि नागरिकको पिसिआर परीक्षणमा चासो कम देखिएको कार्यालयका सूचना अधिकारी बलिराम यादवले बताउनुभयो ।</p><p>खुला सीमाबाट निर्वाधरुपमा बिना परीक्षण नै मानिसको आवतजावत हुँदा कोरोनाको सङ्क्रमण गाउँघरमा फैलिएको भन्दै जिल्लाका अधिकांश स्थानीय निकायले पूर्ण तथा आंशिक निषेधाज्ञाको घोषणा गरेका छन् । जिल्लामा हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ भने चार जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले जानकारी दिनुभयो ।&nbsp;</p>