2026-08-30 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्यकर्मी भर्ना गर्दै

वैशाख २३, डोटी (रासस)। दोस्रो चरणको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदका लागि ४४६ स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेको छ । रिक्त रहेको दरबन्दी र थप आवश्यकता रहेको ठाउँमा करारमा स्वास्थ्यकर्मी भर्ना गर्नका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दरबन्दी स्वीकृति गरेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश मातहतमा रहेका अस्पताललाई आवश्यक पर्ने जनशक्ति तत्काल करारमा भर्ना गर्नका लागि निर्देशन दिइसकिएको सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि हामीले ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी भर्ना प्रक्रिया शुरु गरेका छौँ, सबै स्वास्थ्यकर्मीको पदपूर्ति भए कोरोना नियन्त्रण गर्न सहज हुनेछ ।”

यसैगरी प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा रहेका अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य प्रविधि तथा अक्सिजन खरिद प्रक्रिया पनि शुरु गरेको बताइएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला तथा जिल्ला अस्पताल डोटीमा आवश्यक पर्ने ४४६ स्वास्थ्यकर्मी भर्ना गर्न अस्पतालाई अनुमति प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने