2026-09-12 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जनप्रतिनिधि हुनु त यस्तो पो

करन ताम्राकार | वैशाख २३, अमरगढी | जनतालाई अप्ठ्योरो पर्दा जनप्रतिनिधिले कस्तो सहयोग गर्दा रहेछन् भन्ने राम्रो उदाहरण अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखले  प्रस्तुत गरेका छन् । 

जिल्लाका सात स्थानीय तहमध्ये अमरगढी नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा  र उपप्रमुख संगीता भण्डारीले प्रयोग गर्दै आउनुभएको सवारी साधनलाई कोरोना सङ्क्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स प्रयोगमा लगाउने घोषणा गर्नुभएको छ । उहाँहरुले भन्नुभयो“ जनताको ज्यान जोगाउनु हाम्रो पहिलो कर्तव्य हो , अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो ध्येय छ । कोरोना नियन्त्रणमा नगरपालिकाले पहिलो प्राथमिकता दिएको छ ।” 

नगरप्रमुख , उपप्रमुखले चढ्ने  बोलेरो जीपलाई  नै एम्बुलेन्स बनाउने तथा नगरपालिकाको टिप्परलाई सव वाहन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  नगरपालिकाले ११ स्वास्थ्य संस्थामा रहेका ४३  र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत दश नर्सलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि परिचालन समेत गरेको छ । यसका साथै टोल टोलमा स्वयंसेविका परिचालन गर्दै जनचेतनालाई तीब्रता समेत दिएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय अस्पताल डडेल्धुरा अस्पतालमा रहेको जनशक्ति अभाव हुन नदिन नगरपालिकाबाट चार जना स्वास्थ्यकर्मील पठाउने निर्णय समेत गरिइएको छ । 

यसैगरी जिल्ला सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आइशोलेसन सञ्चालन गरिएको छ ।  हप्तामा तीन दिन नगरपालिकामा स्वाँव सङ्कलनको व्यवस्था मिलाएको नगरपालिकाले जानाएको छ ।  जिल्लामा ८९६ जना कोरोना सङ्क्रमित छन् भने ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको  छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा