Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लुम्बिनी समाचारः रुपन्देही र दाङमा ३१ को मृत्यु

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २८, रुपन्देही (रासस) । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुासर मृत्यु भएकामध्ये आठ जना  रुपन्देहीका छन् ।

दाङमा मात्रै १७

दाङमा बितेको २४ घण्टामा १७  कोरोनाका बिरामीको मृत्यु भएकोे छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक  छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र  होम आइसोलेशनमा बसेका पाँच जना छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृत्युु भएको  केन्द्रले जनाएको छ ।

पाल्पामा घरघरमै स्वास्थ्यकर्मी

कोभिड–१९  को सङ्क्रमण बढ्दै जाँदा पाल्पामा भने स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य सेवा दिन थालेका छन् ।  रम्भा गाउँपालिकामा चिकित्सकसहित स्वास्थ्यकर्मी पुगेर सेवा दिन शुरु गरेको पालिकाले जनाएको छ ।

हुँगी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा पूजन श्रेष्ठ तथा ताहँु स्वास्थ्यचौकीका मेडिकल अधिकृत रक्षा पंगेनीसहित  ५२  स्वास्थ्यकर्मीको टोली सङ्क्रमित परिवारको घरमै पुगेर अक्सिजन सेवा दिन खटिएको स्वास्थ्य शाखा संयोजक शिव अर्याल बताउनुहुन्छ ।

अप्ठ्यारो भूबनावट रहेको रम्भामा दुई सवारी साधनमार्फत तपाईँको मास्क खोइ अभियानअन्तर्गत घरघरमै पुगेर मास्क, साबुन तथा भिटामिनसमेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर अक्सिजनसहितको स्वास्थ्य सेवा प्रदान गरेका छन् ।  पाँच  इलेक्ट्रोनिक अक्सिजन तथा दुई ठूलो र आठ साना सिलिण्डरको अक्सिजन पालिकामा उपलब्ध रहेको र थप गर्ने प्रक्रिया शुरु भएको पालिकाले जनाएको छ । जनकल्याण माध्यमिक विद्यालय रम्भामा एक, हुँगी तथा रम्भा माध्यमिक विद्यालयमा पाँच र ताँहुमा अक्सिजनसहितको अस्थायी कोभिड– अस्पताल सञ्चालनमा ल्याइएको छ ।