Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिशूली अस्पतालमा स्वाब सङ्कलन एक साता बन्द

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, त्रिशूली (रासस) । त्रिशूली अस्पतालमा आरटी–पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन  एक साता बन्द हुने भएको छ ।  अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित  नमूना सङ्ख्या एकसाताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो ।

स्वास्थ्य कार्यालयले आज यहाँ सूचना जारी गरी  नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पिसिआर परीक्षणको लागी प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ ।

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागी प्राप्त भएको छ । उहाँको अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ ।

अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ ।

हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसगैँ परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पिसिआर परीक्षण निः शुल्क रहेको छ ।