२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालमा आइसियु र एचडियु कक्ष थप गरिने छः मन्त्री पाण्डे

२०७८, २ जेष्ठ आईतवार १५:५२

 जेठ २, नुवाकोट (रासस) । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्ड्ले कोरोना संक्रमितको उपचारमा आवश्यक स्रोतसाधनको अभाव हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ । 

मन्त्री भएपछि पहिलो पटक आज गृहजिल्ला आउनुभएका मन्त्री पाण्डेले त्रिशूली अस्पतालका कोरोना संक्रमितको उपचारको अवस्थाबारे जानकारी लिँदै संक्रमितको उपचारमा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । 

मन्त्री पाण्डेले अस्पतालमा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थापन गरी चाँडै  सघन उपचार  र एचडियु कक्ष थप गर्न प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

अस्पताल व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री पाण्डेलाई त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले संक्रमितको उपचारका क्रममा देखिएका समस्या त्था तत्कालै अपनाइनुपर्नेे रणनीतिबारे जानकारी गराउनुभएको थियो । 

त्रिशूली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङका संक्रमितको पनि उपचार हुँदै आएको छ । 

यसैबीच बागमती प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष हीरानाथ खतिवडाका अगुवाइमा अक्सिजनसहितको १९ थान सिलिण्डर अस्पताललाई आज हस्तान्तरण गरिएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा