पढ्न करिब 1 मिनेट लाग्छ

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको चुनवाङ गाविसका नागरिकहरुले गाउँपालिका बनाउदा भौगोलिक सुगमताका हिशावले चुनवाङलाई रोल्पामा मिलाउनुपर्ने माग गरेका छन् ।

गाउँपालिकाको केन्द्र छनौटका लागी सुझाव संकलन कार्यक्रमका सहभागीहरुले रोल्पाका पाछावाङ, इरिवाङ, राङकोट, तालावाङ र कुरेली लगाएतका गाविससंग मिलाएर गाउँपालिका बनाउनुपर्ने माग गरेका हुन् । चुनवाङको पुर्व, पश्चिम र उत्तरतिर अग्ला–अग्ला डाँडाहरु काट्नुपर्ने, रुकुमकोट, मुसिकोट र महत जादा अपायक हुने, सडकको सुविधा नभएको, राजनितिक रुपमा अपहेलित भएको र राज्यको सेवाबाट बञ्चित गरिएको कार्यक्रममा सहभागी चुनवाङवासीहरुले गुनासो गरेको थिए । सबैकुरालाई मध्यनजर गर्दा चुनवाङलाई रोल्पाका गाविससंग मिलाउदा उपयुक्त हुने बताएका छन् ।

गाविस सचिव गोविन्द वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दल, कार्यालयका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्च, महिला, दलित लगाएत स्थानिय गरी ७५ जनाको उपस्थिति रहेको थियो । गाविस कार्यालय सहायक रमिला बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एलजिसिडिपीका सामाजिक परिचालक गोविन्द पुनले गर्नुभएको थियो ।