Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेतीगार खोलामा पुल नहुँदा विद्यार्थीहरु विद्यालय छुटाउन बाध्य

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

गणेश सिर्पाली | श्रावण–२७, रुकुम | रुकुमको पूर्तिमकाँडा र खोलागाउँ गाविसको सीमानामा पर्ने सेतीगार खोलामा पुल नहुँदा चौरजहारी नगरपालिका र पूर्तिमकाँडा गाविसका विद्यार्थीहरु विद्यालय छुटाउन बाध्य भएका छन् ।

राती पानी परेका दिन सेतीगार तर्न नसक्दा चौरजहारी नगरपालिका ८ तथा पूर्तिमकाँडा गाविसका ४ र ५ नम्वर वडाका विद्यार्थीहरु हिमालय उच्च मावि खोलागाउँ जानबाट रोकिनु परिरहेको हो ।

सेतीगार बढेका दिन विद्यार्थीहरु खोलो कम होउन्जेल खोला किनारमा बस्नुपर्ने बाध्यता छ भने हरेक घरबाट अभिभावकहरु छोराछोरीलाई खोलो तार्न आउनुपर्ने बाध्यता रहेको छ । सेतीगार तरेर करिव २ सय विद्यार्थीहरु खोलागाउँ ४ मा रहेको हिमालय उच्च मावि पढ्न जाने गरेका छन । खोलामा कि त अभिभावकले तार्नुपर्ने नत्र विद्यालय छाड्नुपर्ने वाध्यता परेको छ ।

कुनै पनि संघ संस्थाले पुल वनाउन पहल नगर्दा समस्या जस्ताको तस्तै भएको स्थानिय वीरेन्द्र बुढाले बताउनुभयो । उहाँका अनुसार जहारीखोला आसपासका विद्यार्थीमा कसरी विद्यालय जाने भन्ने त्रास  फैलिएको छ । त्यहाका स्थानियले पुल वनाएर सहयोग गरिदिन पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन ।

२०७० सालमा वनाएको काठे पुल भत्किएपछि समस्या सृजना भएको हो ।