२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा तीन दिनदेखि बालक बेपत्ता

२०७८, ६ जेष्ठ बिहीबार ०७:१८

जेठ ६, जलेश्वर (रासस)। महोत्तरीको सोनमा गाउँपालिका–४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलबार बिहानदेखि बेपत्ता भएका हुन् ।

मङ्गलबार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।

बिहान ११:०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा सङ्गीतादेवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले । दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताउनुभयो । 

त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैँ र अरु प्रहरीसमेत परिचालन गरी मङ्गलबार अबेर साँझदेखि नै बालकको खोजतलासमा लागिपरेका छन् ।

प्रहरीले बालक युवराजलाई गाउँटोल, छरछिमेक, छिमेकी गाउँ, आफन्त, नातेदारका साथै अहिले सीमा क्षेत्र र सीमापारि भारतीय स्रक्षाकर्मीसँग समेत समन्वय गरेर सीमापारिसम्म पनि खोजतलास गरिरहेका छन् । अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा