विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिमम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिमम"/>
2026-07-04 08:41 AM
कन्चनपुर - KNC

बेल्डाँडीमा सामाजीक जवाफदेहिता औजार तालिम सम्पन्न

विमल धामी | साउन २७, कञ्चनपुर | बेलडाँडी नगरपालिकामा नगरस्तरीय सुपरिबेक्षण तथा अनुगमन समितिका पदाधिकारीहरुलाई २दिने सामाजीक जवाफदेहिता औजार तालिम दिईएको गो गो फाउण्डेशनले जनाएको छ । बुधवार देखी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नगर स्तरीय अनुगमन समितिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दल, दलित प्रतिनिधी, महिला प्रतिनिधी, आदीबासी जनजाती प्रतिनिधी, बाल क्लब प्रतिनिधी लगायत अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व रहेको थियो ।

 तालिममा सार्वजनिक जवाफदेहिताका तिन वटा औजारहरु (सार्वजनिक परीक्षण, सामाजीक परीक्षण र सार्वजनिक सुनुवाई) को कानुनी ब्यबस्था, उद्देश्य, संबैधानिक अधिकार, कार्यबिधि २०६७ को बारेमा बृहत छलफल गरिएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । साथै तालिममा सार्वजनिक जवाफदेहिता सम्बन्धि औजारका समानता र भिन्नता, उपभोक्ता समितिको गठन, सञ्चालन र ब्यबस्थापन सम्बन्धमा स्थानीय बिकास मन्त्रालयको निर्देशनमा समेत ब्यापक छलफल गर्नुका साथै समुह बिभाजन गरी सार्वजनिक परीक्षण, सामाजीक परीक्षण र सार्वजनिक सुनुवाईको अनुसुची अनुसार अभ्यास र प्रस्तुतिकरण गरिएको बेल्डाँडी नगरपालिकाका योजना अधिकृत तेज बहादुर सुनारले जानकारी गराउनु भयो ।

यस तालिम प्राप्त गरी सके पछि स्थानीय निकायबाट सञ्चालन हुने बिकास निर्माण कार्यक्रम तथा आयोजनाको लक्ष्य, उद्देश्य, बजेट तथा यसबाट प्राप्त उपलब्धि र खर्च बिबरण, आयोजनामा के कति रकम लगानी भयो ? के मा कति खर्च भयो ? कामको गुणस्तर कस्तो छ, खर्च कसरी गरियो  भन्ने वारेमा आम्दानी खर्चको लेखाजोखा गरी मूल्यांकनका साथै योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक सामाजिक विकासमा पारेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्यांकन, सेवाप्रदायक संस्थाको सामाजिक जिम्मेवारीको लेखाजोखाका साथै सरोकारवाला सर्वसाधारण नागरिक र अधिकारमा बसेका स्थानीय निकायका सेवाप्रदायक पदाधिकारीहरु बीच सार्वजनिक सेवाको गुणस्तर सम्बन्धी चासोका विषयसँग सम्बन्धित औजारहरुको बारेमा स्पष्ट भएको मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का राज बहादुर चौधरीले बताउनु भयो ।

सो तालिममा ग्क्ब्क्ष्म् का प्रतिनिधी राजेश झा, ल्ल्क्ध्ब् कञ्चनपुरका जिल्ला संयोजक बिनोद बिक्रम जैरुको उपस्थिति रहेको थियो भने तालिम सत्रको सञ्चालन गोगो फाउण्डेशनका प्रमुख प्रशिक्षक वेद प्रसाद चौधरीले गर्नु भएको थियो । यस्ता कार्यक्रम स्थानियलाई सजक गराउँन फेरी पनि गर्नु पर्नेमा सहभागिको जोड रेहको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो