2026-10-26 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीको दुधौलीबाट हारगुहार ! अस्ति चार जना कुटियौं, आज घरमा बाढी पस्यो !

जेठ १७, काठमाडौँ | सनिबार सिन्धुलीको दुधौली नगरपालिका २, भलुवाईमा छिमेकीले कुट्दा चार जना घाइते उपचारको लागि काठमाडौँ आए । लामो समयको जग्गा बिबाद स्थानीय निकायले मिलाईदिन नसक्दा कुटपिटसम्मको घटनामा परिणत भएको पिडितहरुले बताएका छन् । 

स्थानीय मकरध्वज रोकाले २०५२ सालमा किनेको जग्गा नाप/नक्सा गर्दा खोलाको जग्गा समेत आफ्नो नाममा परेको भन्दै विवाद सृजना गरेका थिए । रोकाले आफू बसाई सरि आउनु अघिदेखिनै  सोहि स्थानमा बगेको खोलामा आफ्नो जग्गा परेको भन्दै खोला पुरेर अर्कै ठाउँबाट खोला बगाएका थिए । 

गत सनिबार ठूलो बर्षा हुने क्रममा आएको बाढीले घरनै बाढीमा पर्न सक्ने भएपछि अर्को तर्फ पानी फर्काउने क्रममा सापकोटा परिवारलाई छिमेकी मकरध्वज रोका सहित छोराहरु रमेश रोका, बद्रि रोका, दिपेन्द्र रोका र सालीको छोरा दिपक बुढाथोकीले मिलेर आक्रमण गरेको स्थानीय मोदनाथ सापकोटाले बताएका छन् । सो क्रममा सापकोटा परिवारका चार जना निर्घात कुटिएको सापकोटाले बताएका छन् । 

उक्त घटनामा घाइते भएकी १६ बर्षिया किशोरी बिनिता सापकोटाले भनिन् – ‘झगडामा पिटिनुभएकी आमालाई छुट्याउन गएकी थिएँ । एक्कासी मलाई तानेर लडाए अनि रोकाका सालीको छोरा र माइलो छोराले मलाई छाती, पेट र ढाँडमा, जहाँपायो त्यहाँ हाने । मेरो आमा (बालकुमारी सापकोटा) लाई बाँसको लौराले हानेको देखेपछि म घटना स्थलमा गएकी हुँ ।’ झगडा हुने क्रममा नारायण सापकोटा र गौरी सापकोटालाई जिउभरी मुड्कीले हानिएको र टाउकोमा हानिएको र नारायण सापकोटाको दाँतमा हान्दा हल्लिएको बताइएको छ । 

घटनाको बिषयमा पिडक भनिएका मकरध्वज रोकाले आफू पनि घाइते भएको भन्दै निवेदन दिएका थिए । आफूलाई लागेको आरोपको बिषयलाई नकार्दै उनले भने ‘मुक्का-मुक्की मात्रै भएको हो । घाइते भनिएकाहरुको अवस्था सामान्य छ ।’ आफ्ना छोराहरु छुट्याउन गएको भन्दै १६ बर्षिय किशोरी नकुटिएको रोकाको दावी छ । तर कुटिएकि किशोरी काठमाडौँमा उपचारको लागि आएकी छन् । उनको दावी छ कसरी प्रमाणित गर्छन् गरे हुन्छ ‘मलाई मेरो छाती, पेट र ढाडमा लात्ती र मुक्काले हानेका हुन् ।’

यसै सम्बन्धमा दुधौलीको हतपते प्रहरीले घटनापछि घाइतेहरुलाई घटना पछि काठमाडौँ पठाइएको जनाएको छ । स्थानीय प्रहरीको अनुसार घटनाको विवरण अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हेर्ने गरि पठाइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घाइतेहरु काठमाडौँबाट आएपछि छानबीन हुने जनाएको छ ।

केहि समय अघि स्थानीय प्रतिनिधि तथा राजनीतिक दलहरु मिलेर बिबाद मिलाउने क्रममा मकरध्वज रोकाले जहाँबाट खोला बगेको थियो, त्यहि स्थानबाट खोला बग्न दिने भनि मौखिक सम्झौता गरेका थिए । तर अहिले अटेर गरेको कारण विवादले घटनाको रुप लिएको पिडितहरुले बताएका छन् । यस सम्बन्धमा छिमेकी मकरध्वज रोकाले जहाँबाट खोला बगेको त्यहीबाट पानी बग्न दिने मौखिक सम्झौता नमानेको दुधौली २ का वडाध्यक्ष रितेश राउतले बताएका छन् । 

सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने !

स्थानीय स्तरका यस्ता घटनाहरु स्थानीय स्तरमै समाधान हुनुपर्ने नीति सहित समाजमै नमिलेका घटनाहरुको समाधानको लागि अहिले हरेक स्थानीय तहमा न्यायपालिकाहरु गठन भएका छन् । कतिपय घटनाहरु स्थानियहरु आफै मिलेर पनि समाधान गर्न सक्छन्  । तर घटनाहरु बिभिन्न कारण माथिल्लो निकायसम्म पुग्ने गरेको छ । स्थानीय निकायलेनै समाधान गरिदिन सक्ने घटनाहरु वेवास्ता हुँदा, नातावाद, राजनीतिक कारण वा उजुरी नपुग्दा सिधै माथिल्लो निकायसम्म पुग्ने गरेका छन् । माथिको घटनाको सम्बन्धमा पनि यस्तै विषय आकर्षित भएको छ । पिडितहरुको अनुसार स्थानीय जन प्रतिनिधिसँग रोकाको मितेरी नाताको कारण समेत आफूहरुले न्याय निसाव नपाएको गुनाशो छ । 

पिडितहरुको दावीलाई हेर्ने हो भने राजनीतिक पहुँच र शक्तिको आडमा मकरध्वज रोकाले आफूहरुलाई अन्याय गरिरहँदा हालसम्म न्याय पाएका छैनन् । नम्वरी जग्गा खोलामा परेपछि मकरध्वजले खोला थुनेको र त्यसैको कारण सापकोटा परिवार सहित अन्यले समेत समस्या झेलेको स्थानीय नेता तथा बुद्धिजीवीहरुले समेत स्वीकारेका छन् । स्थानीय जनप्रतिनिधिले समेत यो विषयमा रोकायकै गल्ति देख्छन् तर समस्या समाधानमा स्थानीय तह खरो रुपमा उत्रिन नसक्दा विवाद चुलिदै मारामारको स्थितिमा पुगेको छ । रोकायाकै अटेरीको कारण सोमबार (आज) मात्र पनि सापकोटाको घरमा बाढी पसेको भन्दै पिडितले सोको भिडियो पठाएका छन् । बर्षौंदेखि खोला जताबाट बगेको थियो त्यसलाई थुनेर अन्यत्र बगाउँदाको असर सापकोटा सहित अरु परिवारमा पनि परेको छ । कसैले नापजाँच गर्दा बर्षौंदेखि बग्दै आएको खोलामा आफ्नो जग्गा भएकै कारण खोला थुनेर अरु परिवारलाई शान्तपुर्वक बाच्ने अधिकार हनन भएको सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने