Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 22, 2016 झापा - JP, समाज

सुरुङ्गाको मातृ आयल पम्पले ठगी गरेको खुलासा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

petrol-aparadh1फागुन १०, कनकाई । कनकाई नगरपालिका २, सुरुङ्गामा रहेको मातृ पेट्रोल
पम्पले हजारौं सर्वसाधरणलाई ठगी गरेको खुलासा भएको छ । नापतौलमा ठगी गरेको प्रमाणित भएपछि यस पम्पमा
आइतबार सिलबन्दी पनि गरिएको छ ।

यससँगै भद्रपुरस्थित आर्य ट्रड
इन्टरनेसनल पम्पमा पनि सिलबन्दी गरिएको नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत
मनिषकुमार दासले जानकारी दिए ।

जिल्ला प्रशासन, घरेलु तथा साना
उद्योग, नापतौल गुणस्तर नियन्त्रण कार्यालयबाट खटिएको अनुगमन टोलीले झापाका चारवटा पेट्रोल पम्पको
अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा आर्यले उपभोक्तालाई वितरण
गरिने ५ लिटरमा ६ सय एमएल र मातृले पाँच लिटरमा ३ सय एमएल ठगी गरेको पाइएको थियो ।

(प्रतिनिधि तस्बिर)