2026-09-13 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : बज्यैको कोरोना विजय

जेठ २३, बागलुङ (रासस) । कोरोना निको भएपछि बागलुङ नगरपालिका–१३ पैँयूपाटा, सिम्लेकी ९० वर्षीया तुलसी पौडेल अस्पतालबाट आज घर फर्कनुभएको छ । उहाँलाई धवलागिरि अस्पतालको हाइ डिपेन्डेन्सी युनिट  शय्यामा राखेर उपचार गरिएको थियो ।

कोरोनाको लक्षण देखिएपछि गरिएको एन्टिजिन परीक्षणमा यही जेठ ९ गते उहाँलाई सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्थिति खराब बन्दै गएपछि उहाँ जेठ १३ गते अस्पताल भर्ना हुनुभएको थियो ।

एघार दिनसम्मको चिकित्सकीय निगरानी र उपचारपछि पौडेललाई स्वास्थ्यलाभ मिलेको हो । स्वास्थ्यमा सुधार आएपछि ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखेरलले बताउनुभयो ।

अस्पताल पुग्दा उहाँको शरीरमा अक्सिजनको मात्रा घटेर ७६ मा पुगेको थियो, पखाला, ज्वरोसहितका कडा लक्षण थिए , श्वासप्रश्वासमा समस्या थियो । “उहाँलाई एचडियूमा अक्सिजन दिएर उपचार ग¥र्यौँ, त्यो उमेरमा पनि चाँडै सुधार भयो, यसलाई राम्रो मान्नुपर्छ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो ।

पौडेलले यसअघि उच्च रक्तचाप र नशासम्बन्धी रोगको औषधि सेवन गर्दै आए पनि कुनै गम्भीर खालको स्वास्थ्य समस्या भने थिएन । सोही वडाको ठूलाखेतमा छोरा चन्द्रप्रसादसँग बस्दै आउनुभएका पौडेल परिवारका अन्य सदस्य बिरामी पर्न थालेपछि सङ्क्रमणको जोखिमबाट बच्न जेठ ४ गते सिम्लेमा बस्ने अर्का छोरा भवानीकहाँ बस्न थाल्नुभएको थियो । 

उहाँलाई त्यहाँ पनि कोरोनाले छाडेन । सङ्क्रमणपछि केही दिन घरमै एकान्तबासमा बस्नुभएका पौडेललाई जेठ १२ गते राति एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्समार्फत तुरुन्त धवलागिरि अस्पताल ल्याइएको थियो । 

बेलैमा स्तरीय उपचार पाएका कारण आमालाई बचाउन सकिएको छोरा चन्द्रप्रसादले बताउनुभयो । “अस्पतालमा राम्रो उपचार, हेरचाह भयो, चिकित्सकले पनि पूरा समय दिएर हेर्नुभयो”, उहाँले भन्नुभयो, “कुनै पनि दिन आमाले खाना कम गर्नुभएन, दूध नियमित सेवन गर्नुभयो, यसले पनि छिटो निको हुन सघायो कि ?”

उपचार, स्वस्थकर आहार र बुढ्यौली उमेरमा पनि आत्मबल हुँदा कोरोनालाई परास्त गर्न हजुरआमा सफल हुनुभएको नाति ज्ञानेन्द्र गौतमले बताउनुभयो ।  अर्का नाति सुशील पौडेल नगरपालिकाको स्वास्थ्य शाखामा रहेकाले पनि आवश्यक स्वास्थ्य परामर्श, रेखदेख र समन्वयमा सहजता मिलेको छोरा चन्द्रप्रसादको भनाइ थियो । धेरै उमेरकी पौडेललाई कोरोना लाग्दा परिवारजन चिन्तित थिए । निको भएर घर फर्कँदा भने सबै खुशी छन् । छिमेकका सङ्क्रमितमा मनोबल र विश्वास बढेको छ ।

कोरोनाको दोस्रो लहरबीच जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ९८५ छ । कोरोनाका कारण हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा गम्भीर प्रकृतिका सङ्क्रमितको चाप कम हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन