2026-07-25 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नापतौलका पूर्वाञ्चल प्रमुख ५ घण्टा स्थानीयको नियन्त्रणमा

nap taul bibhagगौरव पोखरेल/फागुन १३, झापा । झापाको कन्काई
नगरपालिकामा रहेका दुई पेट्रोल पम्प शिलबन्दी गरिएपछि अनुगमनका लागि आएका नापतौल विभागका कर्मचारीलाई
स्थानीयले करिब ५ घण्टा नियन्त्रणमा लिएर छाडेका छन् ।

बुधबार
दिउँसो २ बजे नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दास नविकरण र
पुनः चेकजाँचका लागि आएका वखत स्थानीयले उनलाई नियन्त्रणमा लिएका हुन् ।

कन्काई-३, सुरुङ्गामा रहेको मातृ आयल पम्प र कन्काई-१ मा रहेको पवित्रा आयल पम्पमा आइतबार र
सोमबार क्रमशः शिलबन्दी गरिएको थियो ।अनुगमनका क्रममा मापदण्ड अनुसार नपाइएपछि बिभागले यी दुई पम्पमा
शिलबन्दी गरेको थियो ।

यस क्षेत्रमा डिजेल र पेट्रोलको वितरणलाई
नै प्रभावित बनाउँदै दुई वटै पम्पमा शिलबन्दी भएपछि स्थानीयले शिलबन्दी खोलेर विक्री वितरण सहज बनाइदिन
अधिकृत दाससँग अनुरोध गरेका थिए । त्यसै क्रममा, दासले स्थानीयको आग्रहलाई वेवास्ता गर्दै आफ्नो अडानबाट
पछि नहटेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

स्थानीयले
बुधबार नै पम्पको शिलबन्दी खोली समस्या समाधान गर्नु पर्ने अडान लिएका थिए भने अधिकृतले नियम अनुसार ७
दिनपछि मात्र शिलबन्दी खोलिने बताएका थिए ।

मातृ आयलका सञ्चालक
प्रेमप्रसाद दाहालले भने विभागका कर्मचारीले आफूले पम्पको चेकजाँचका लागि एक महिना अघि नै जानकारी दिए
पनि कर्मचारी नआएको सुनाए । आफूलाई मापदण्डमा नुपुगेको भनि सिलबन्दी गर्नु अघि नदेखाइएको समेत उनको दाबी
छ ।

सुरुङ्गा बजार क्षेत्रमा तनाव भएपछि स्थितिलाई सामान्य
बनाउन स्थानीय प्रशासन, वाणिज्य संघ, राजनीतिक दल, युवा बुद्धिजीवि, सञ्चारकर्मी लगायतले सहजिकरण गरेका
थिए ।

लामो छलफल निष्कर्षमा पुग्न नसकेपछि बिहीबार पुनः ईलाका
प्रहरी कार्यालय, सुरुङ्गामा छलफल गर्ने निर्णय भएको छ । समस्या समाधान नगरी प्रहरीले आफ्नो सुरक्षा
घेरामा अधिकृत दासलाई अन्यत्र लागेपछि स्थानीयले नारावाजी गरेका थिए ।

कन्काई नगर क्षेत्रका यी दुई पम्पमा गरिएको शिलबन्दीलाई तोड्नु पर्ने स्थानीयको माग रहेको छ
भने विधि पुगेपछि मात्र शिलबन्दी खोल्ने अडानमा विभाग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक