Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

श्रीमतीलाई एसिड प्रहार

By साझासवाल

जेठ ३०, रौतहट । रौतहटको चन्द्रपुर-४ मा एक महिलामाथि एसिड प्रहार भएको छ । ३८ वर्षीया दीपिका विकमाथि उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।

श्रीमान/श्रीमतीबीच घरायसी विवाद हुँदा दीपक बिकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

श्रीमानले छ्यापेको एसिड दीपिकाको बायाँ हात र पेटमा परेको प्रहरीले जनाएको छ । एसिड पिडित दिपिकाको अहिले चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । श्रीमतीले बताए अनुसार उनका श्रीमानले विबाद हुँदा घरबाट निस्किएर गएको र पछी बोत्तलमा केहि ल्याएको देखेपछि खोस्ने क्रममा आफ्नो पेट र हातमा परेको बताएकी छन् ।

एसिड लिएर जाने दिपक चन्द्रपुरका सुनचाँदी गहना व्यापारी समेत हुन् । उनले आफ्नै पसलबाट एसिड लिएर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ४२ वर्षीय दीपक बिकलाई प्रहरी गरि आवश्यक अनुसन्धान थालेको छ ।