२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री

२०७८, ३० जेष्ठ आईतवार ०६:३४

जेठ ३०, लहान (रासस) । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ (हेस्रा नेपाल)मार्फत करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सो संस्थाले विद्युतीय शय्या, आइसीयू शय्या, इसिजी मेसिनलगायत अस्पतालका लागि आवश्यक विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहमार्फत अस्पताललाई हस्तान्तरण गरेको हेल्पिङ ह्याण्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले जानकारी दिनुभयो । अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा स्तरीय उपचार सेवा दिने नगरप्रमुख साहले बताउनुभयो । 

कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब रु एक अर्ब लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ । यसअघि पनि हेल्पिङ ह्याण्डले हेस्रा नेपालमार्फत गत जेठ २४ मा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब रु तीन लाख मूल्यको अक्सिजन सिलिण्डर, थर्मलगन, पिपिइ, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो ।

कोरोना कहरका बीच २२ युवाद्वारा रक्तदान

कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् । स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवाले रक्तदान गरेका हुन् । कोरोना महामारीका बेला रगतको व्यापक अभाव देखिएकाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ । कोरोना कहरमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका मिर्चैया शाखा अध्यक्ष रोविन साहले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी