२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

२०७८, ७ असार सोमबार ०७:४२

तारानाथ आचार्य । असार ७, बलेवा (रासस)। असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छियाछिया परेको जमीन छ । आधा भत्केका घर गाउँभरी छन् । गत वर्षको वर्षामा भत्किएको जमीन कहिँ टालिएको छैन । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएका गाउँ छाडेर हिँडे । अरु अवस्था उस्तै छ । समस्या हो बागलुङको निसीखोला गाउँपालिका–१ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुन गाउँको । 

पोहोर पानी पर्दा लत्ता कपडा र खाद्यान्न पोको पारेर घर छाडेका हुल्दीबासीले अहिले पनि उहीँ भोग्दै छन् । पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरु घर न घाटका हुने अवस्था आएको हो । घरगाउँ नै मासिने गरी पहिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउनुहुन्छ । हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन ।

केही वर्ष पहिलेदेखि चलेको पहिराले गतवर्ष सबैभन्दा धेरै क्षति पुर्याएको छ । निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए । एक हजार ५०९ घर उच्च जोखिममा छन् भने ७५ घर जोखिममा रहेको तथ्याङक गाउँपालिकासँग छ । वडा नं. २ मा ५९ घर पूर्ण क्षति, उच्च जोखिममा १९ घर र जोखिममा १५० घर रहेको तथ्याङ्क छ । वडा नं. ३ मा १० घर पूर्ण क्षति र उच्च जोखिममा २५ घर छन् ।

गाउँपालिकाभरि नै वर्षापछि पहिराको समस्या भए पनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । हिउँदमा चुपचाप बस्ने र वर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउनुहुन्छ । दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचीमा राखेर बस्ती सार्न भनेको थियो । 

बस्ती स्थानान्तरणका लागि कोही कसैले तदारुकता देखाएका छैनन् । हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएका खेतीपाती र वनपाखो छाडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेल बताउनुहुन्छ । 

यस्तै गतवर्ष भदौ २९ गतेको पहिराले गाउँ नै हल्लाएको महसुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यस वर्ष घरमा बस्नै नसकेर असारको १ गते राति घर छाड्नुभयो । चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उहाँ बसाइ नै सर्नुभयो । गत वर्ष दुई जनाको ज्यान लिने गरी आएको पहिरो उहाँको घरमाथि आएको छ । 

पहिराको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छाड्नुपरेको उहाँको गुनासो छ । “पहिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्”, शर्मा भन्नुहुन्छ “एक्लैले गरेर नहुने रहेछ, विपत्मा ज्यान जोगाउनु नै ठूलो कुरा भयो ।” शर्मा जस्तै टुनिबोटका छ परिवारले यस वर्षको बर्खा लागेपछि पहिराको त्रासले घर छाडे । केहीले छाड्ने तयारी गर्दैछन् । हिउँदभर पहिराको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी वर्खा लागेपछि भागाभाग गर्न थालेका हुन् ।

समस्या निसीखोला र जैमिनीको मात्रै होइन गत वर्ष बाढी पहिराका कारण विस्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १३० परिवारको पनि अवस्था उस्तै छ । तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घर बनेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै