२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई महिनादेखि स्थगित जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालन

२०७८, ८ असार मंगलवार ०५:०२

असार ८, कञ्चनपुर (रासस)। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।

बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।

यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ ।

नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०:३० बजेभित्र टोकन लिनुपर्ने छ । “राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भन्नुभयो, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।” कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

निषेधाज्ञा अझै एक साता लम्ब्याइयो 

जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बैठकले जारी निषेधाज्ञाको अवधि एक साताका लागि लम्ब्याएको छ । आजदेखि असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार सरकारी कार्यालयसहित सार्वजजिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई आलोपालो, टोकन प्रणाली, बार प्रणाली, कोटा निर्धारणसहित स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सञ्चालन हुन दिने निर्णय गरिएको छ ।

स्वास्थ्य सेवा, दूध, डेरी पेट्रोलिम पदार्थलगायत अत्यावश्यक पसलबाहेकका अन्य पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । यसअघि हप्तामा तीन दिनमात्रै पसल खोल्न दिने गरिएको थियो । सरकारी, निजी तथा मालवाहकलगायत अन्य सवारी साधन जनस्वास्थ्यको मापदण्डको पूर्णपाालना गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

उद्योग कलकारखान र सार्वजनिक तथा निजी निर्माणकार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न दिइने भएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पुस्तकालय, सङ्ग्रहालय, सिनेमा हल, पार्टी प्लोस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, दर्शकसहितको खेलकूदलगायत मानिस भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । अनुमति प्राप्तबाहेकका सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह, व्रतबन्धजस्ता सांस्कृतिक कार्य भने गर्न पाइने जारी आदेशमा उल्लेख छ ।

शैक्षिक गतिविधि अनलाइन तथा भर्चुअल माध्यमबाट सञ्चालन गर्न सकिने छ । नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सक्नेछन् । अन्य खुला सीमाको जुनसुकै विन्दुबाट आवागमनलाई निषेध गरिएको छ । नेपाल प्रवेश गर्ने जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेशनमा बस्नुपर्ने छ ।

जिल्ला बाहिरका नागरिकका हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था गरिएको छ । जारी आदेशको उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो