Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

करेन्ट लागेर दुईको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असार ८, लहान (रासस)।</b> सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p>