२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

२०७८, १५ असार मंगलवार १६:०४

असार १५, अबुधाबी (रासस–सिन्ह्वा) । इजरायलका विदेश मन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुग्नु भएको छ । 

युएईको भ्रमण गर्ने उहाँ इजरायलको हालसम्मकै सबैभन्दा उच्च पदाधिकारी हुनुहुन्छ । 

लापिडको कार्यालयले जारी गरेको विज्ञप्तिमा लापिडको प्रतिनिधिमण्डलमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उस्पिज र अन्य पदाधिकारीहरु रहनु भएको उल्लेख छ । 

दुई दिने यस भ्रमणका अवधिमा लापिडले युएईको राजधानी अबुधाबीमा इजरायलको नवस्थापित राजदूतावास तथा दुबईको कन्सुलेटको उदघाटन गर्नु हुनेछ ।

येस अटिड पार्टीका नेता समेत रहनु भएका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत हुनुहुन्छ । 

इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ