२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोतीले ल्यायो ९६ करोडको बजेट

२०७८, १८ असार शुक्रबार ०७:३९

असार १८, काठमाडौँ । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानित आन्तरिक आम्दानीसहित जम्मा रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको बजेट सार्वजानिक गर्नुभएको हो । 

मर्दनियाले बिहीबार नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ४१ करोड ६४ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु एक करोड, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट रु २३ करोड ५७ लाख चार हजार र आन्तरिक आयतर्फ रु नौ करोड ७५ लाख ३५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख मर्दनियाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरिने बताउनुभयो । 

त्यस्तै बजेटमा नगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, सङ्घीय सरकाकरले दिएको तलबमा थप गरी नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब रु १७ हजार, लेखापालको रु १७ हजार ५०० र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु¥याइने गरी व्यवस्था गरिएको मर्दनियाको भनाइ छ । 

नगरपालिकाको बजेटमा नगरभित्रका क्रियाशील पत्रकारका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमको निरन्तरता, एक वाड एक खेल मैदान, प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, कुमारवर्ती, मध्यविन्दु र लुम्बिनी क्याम्पसमा सिसी क्यामेरा जडान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाइलगायतका कार्यक्रम समेटिएको छ । कावासोती नगरपालिकाको नवौँ नगरसभाको अध्यक्षता नगर प्रमुख चन्द्रकुमारी पुनले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ