ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ ।

 गएको बर्ष असोज २० गते देखी काम सुरु गरेको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ ।

 गएको बर्ष असोज २० गते देखी काम सुरु गरेको स"/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चुरे संरक्षणमा प्रभावकारी समन्वय नभएको सरोकारवालाको गुनासो

ललित बोहरा/साउन २९, डडेल्धुरा । डडेल्धुरामा पर्ने चुरे क्षेत्रको संरक्षणका लागी काम गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिले आफुले गरेका कामको बिबरण सार्वजनिक गरेको छ ।

 गएको बर्ष असोज २० गते देखी काम सुरु गरेको समितिले शनिवार डडेल्धुरा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि गएको असार मसान्त सम्म गरिएका कामको बिबरण सार्वजनिक गरेको हो । 

कार्यक्रम लागु भए देखी समुदायमा आधारित चोरी शिकारी नियन्त्रण दल परिचालन तथा संस्थागत विकास, व्यवहार परिवर्तन कक्षा सञ्चालन, बिद्यालय स्तरमा जनचेतना अभिबृद्धि, बृक्षारोपण जस्ता कार्यहरु गरिरहेको चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समिति जोगबुढाका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी गराउनु भयो । 

तराई भू–परिधी कार्यक्रम मार्फत उत्तर क्षेत्रमा पर्ने डडेल्धुराको चुरे क्षेत्रको संरक्षणको लागि सञ्चालन भईरहेका बिभिन्न कार्यहरुमा अहिले सम्म १२ लाख १३ हजार पाँच सय ५४ रुपैयाँ खर्च भएको उहाँले कार्यक्रममा जानकारी गराउनु भएको थियो । 

संरक्षणका लागि कुल १२ लाख ३५ हजार आठ सय ९४ रुपैयाँ बजेट निकासा भएको थियो । शनिवार आयोजित समिक्षात्मक कार्यक्रममा सहभागिहरुले भने समितिले आवश्यक समन्वयको कमी भएको बताएका थिए । समिति मार्फत सञ्चालन भएका आयाआर्जनका कार्यक्रम वन र वाताबरणसाग जोडेर गर्नु पर्नेमा त्यस्तो नगरिएको बताएका थिए । 

बन र बाताबरणसँग जोडिएका मौरी पालन, जटिबुटी, पुष्प व्यवसाय सञ्चालन लगायतका सिपमूलक कामहरु सञ्चालन गरिनु पर्नेमा सिलाईकटाई जस्ता कार्यक्रमहरु गरिको भन्दै बिषयबस्तुसँग मेलखाने कार्यक्रमहरु गर्न नेपाली कांग्रेसका प्रतिनीधि भरत नेपालीले कार्यक्रममा आग्रह गर्नु भयो ।

त्यस्तै जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत हरिहर शर्माले समन्वयमा खासै ध्यान नदिएको भन्दै उस्तै गुनासो गरे । कार्यक्रममा मिमित्त जिल्ला वन अधिकृत लक्ष्मीराज जोशीले भने वनसंग समन्वय गरेर समितिले काम गरेको बताएका थिए । 

उनले सहकार्यमा बृक्षरोपण र चोरीसिकारी नियन्त्रणको काम भईरहेको जानकारी गराएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले भने अहिले वातारवरणीय जोखिम मुल्याङ्कन नगरी विकास निर्माणका कामहरु भईरहेकाले चुरे संकटमा रहेको बताउनु भयो । साथै महाभारत क्षेत्रमा तिब्र रुपमा भईरहेको दाउरा कटानले केही बर्षपछि उक्त क्षेत्रबाट डडेल्धुरा सदरमुकाममा ल्याईएको पानी नै सुक्ने अवस्था आएर पानीको हाहाकार मच्चिनेमा दुईमत नरहेको बताए । 

समितिले आलिताल गाविस र परशुराम नगरपालिका क्षेत्रलाई आधार बनाएर काम गरिरहेको छ । गएको बर्ष नगरपालिकामा काम गरेको समितिले यस बर्ष आलिताल गाविसमा काम गर्ने जनाएको छ । अबको ३५ बर्ष सम्म ती क्षेत्रमा यो कार्यक्रम सञ्चालनमा रहने समितिका अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई