२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

२०७८, २१ असार सोमबार १६:१०

असार २१, टोकियो (रासस/एएनआई) । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् । 

गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । 

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । 

अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।  

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ ।

प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । 

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ