२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका एक युवा दश दिनदेखि बेपत्ता

२०७८, २२ असार मंगलवार १५:४२

 असार २२, गलकोट (रासस) । बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता हुनुभएको छ । पर्वत जिल्लाको साविक देवीस्थान गाविस–६, हाल फलेवास नगरपालिका–५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्यप्रसाद घिमिरे (कृष्ण) १० दिनदेखि बेपत्ता हुनुभएको छ । 

असार १३ साँझ ६ बजे घरबाट निस्कनुभएका घिमिरेको भोलिपल्ट दिउँसो २ बजेसम्म फोन सम्पर्कमा रहे पनि त्यसपछि फोनसमेत अफ भएर सम्र्पकविहीन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिनुभयो ।

बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिए पनि हालसम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाइ छ । 

बेपत्ता घिमिरे सेतो धर्के सर्ट, कालो पाइन्ट, पहेँलो झोला बोकेर घरबाट निस्कनुभएको थियो । केपत्ता घिमिरेलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय तथा आफन्तको नम्बर ९८४७६६३१७९ र ९८४७६३१८४७ सम्पर्क गर्नुहुन परिवारले अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै