सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाए"/>
२०८३, २ जेष्ठ शनिबार
दाङ्ग - DNG

स्थानिय तह पुर्नसंरचनाको विषयमा देउखुरीको सिसहनियाँमा पुन: छलफल

२०७३, ३० श्रावण आईतवार ०२:२९

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाएका छन् । सिसहनियाँ गाविसको आयोजनामा शनिवार सिसहनियाँ गाविस कार्यालयमा आयोजित स्थानीय तहको पुर्नसंरचना निर्माणका विषयमा भएको वृहत छलफलले चार गाविसलाई समेटेर गाउँपालिका बनाउने लिखित सहमति गरेका हो ।  

गाउँपालिकाको केन्द्र र नामका विषयमा भने पछि आपसी सहमतिमा टुङगो लगाउने गरी सहमति भएको छ । छलफलका क्रममा आफ्ना भनाई राख्ने अधिंकाश वक्ताहरुले भौगोलिक अवस्था, क्षेत्र, पुर्वधार र सेवा सुविधाका हिसावले स्थानिय तहको पुर्नसंरचना गर्दा सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविस गाउँपालिका बन्न उपयुक्त रहेको बताइरहेका बेला जिल्ला विकास समिती दाङले डेक्समा बसेर स्थानीय राजनितिक दल र नागरिक अगुवाहरुको सुझाव बिना एकलौटी तरिकाले देउखुरीलाई उपेक्षित गर्दै नगरपालिका र गाउँपालिकाको खाका तयार पारेकोमा आपत्ति जनाएका छन् । 

उनीहरुले सिसहनियाँ र लालमटिया गाविसलाई लमही नगरपालिकामा गाभ्न खोजेकाले सो खाका रद्द गरी चार वटै गाविसको सहमति अनुसारको गाउँपालिका बनाउन अनुरोध समेत गरेका छन् । 

यसैबीच छलफलले चार वटै गाविसको सहमतिलाई कायम गर्न नुमानन्द सुवेदीको संयोजकत्वमा ३५ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसका राजनितिक दल र नागरिक अगुवाहरु रहनु भएको छ । 

सिसहनियाँ गाविसका वोर्ड सदस्य तथा नेपाली काग्रेसका पार्टी प्रतिनिधि भिमलाल चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाली काँग्रेस लालमटिया गाउँ पार्टी सभापति दुर्योधन पाण्डे, नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसाल, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा माओवादी केन्द्र लालमटियाका अध्यक्ष धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का अध्यक्ष केशवराज खनाल, नेकपा माओवादीका गणेश के.सी, गोबरडिहा गाविसका निर्वतमान अध्यक्ष सहजराम यादव रहेका थिए । 

यस्तै नेकपा एमाले सिसहनियाँ गाउँ पार्टी अध्यक्ष खिमबहादुर केसी, फोरम लोकतान्त्रिका गोरखनाथ कसौधन, राप्रपा नेपालका टेकबहादुर कार्की, राप्रपाका भिमबहादुर चौधरी, टेकबहादुर गिरी, लालमटिया गाविसका पूर्व अध्यक्ष द्रोर्ण भुसाल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाका सभापति गंगाराम भट्टराई, स्थानियबासी हुकुमबहादुर बस्नेत, अर्जुन अधिकारी, हेमराज पुन, जुद्धबहादुर कार्की, हरि सुवेदी, कमलनारायण चौधरी, रामप्रसाद चौधरी, कमल केसी, ढुण्डीराज आचार्य र पत्रकार केशव बोहरा, लगायतका वक्ताहरुले आ—आफना विचार राखेका थिए । छलफल कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट