२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

कर्मचारीका निधनमा ऋषिङ गाउँपालिका बन्द

२०७८, २७ असार आईतवार ०५:१७

असार २७, दमौली (रासस)। तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

ऋषिङ शोकमा

यसैगरी सोही दिन ऋषिङ–७ मा पहिराले पुरिएर देवीसरा थापाको मृत्यु भएको थियो । एकै दिन दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा परेको छ । पहिरामा पुरिएर दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा डुबेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले बताउनुभयो । “प्रकृतिको रौद्ररुप प्रकट भएको छ । प्रकृतिले निर्मम प्रहार गरेको छ । सारा ऋषिङ शोकमग्न छ”, उहाँले भन्नुभयो । 

पहिराका कारण दर्जनौँ घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् । वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् । धेरैको बारी पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौँ ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ । 

उहाँका अनुसार पहिराले बस्ती असुरक्षित भएका छन् । “असुरक्षा, भय र त्रास व्याप्त छ । बाढी पहिरोपीडितले सहयोगको याचना र अपेक्षा गरिरहेका छन् । क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ”, उहाँले भन्नुभयो । 

मृतक देवीसराका तीन सन्तान छन् । छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । मृतक खुमबहादुरका तीन नाबालक छोरी छन् । उहाँका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् । “कमाउने बुबाको नै पहिरामा परी मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ”, आलेले भन्नुभयो । यतिबेला थापा परिवार सहाराविहीन बनेको छ । “परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षा, दीक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ”, आलेले भन्नुभयो ।

गाउँपालिकाको कर्मचारी भएकाले उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने आलेले बताउनुभयो । साथै श्रीमती वा छोरीलाई रोजगारीको व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । “दुःख र पीडाको यस घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ । उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ”, उहाँले भन्नुभयो, “सहयोग त सरकारले अवश्य नै गर्नेछ । मानवीयताका खातिर सरकारका अतिरिक्त तपाईँ हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ