२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाली राष्ट्रपति मूनप्रति जनविश्वास बढ्दो

२०७८, २८ असार सोमबार ०९:५०

 असार २८, सियोल (रासस/सिन्ह्वा) । दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।  

मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ । 

राष्ट्रपति मूनको आचरणको नकारात्मक मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२ प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ । 

मूनको डिमोक्र््याटिक पार्टीप्रतिको समर्थन गत हप्ता ३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ । यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।

अर्को  दल ओपन डिमोक्र््याटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ