२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्घीय नमूना युवा संसद् आजदेखि

२०७८, २८ असार सोमबार ११:४०

असार २८, काठमाडौँ (रासस) । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । प्रदेश नमूना युवा संसद्बाट छनोट भएका देशभरिका ८० जना १६ देखि २४ वर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअलमाध्यमबाट सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकासका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रदेशस्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेशसभा सञ्चालन गरिसकेका युवा सङ्घीय युवा संसद्मा सहभागी छन् । 

यसअघि परिषद्ले सातवटै प्रदेशमा ‘प्रदेश नमूना युवा संसद्’ र स्थानीय तहबाट नगरसभा सञ्चालन गरिसकेको छ । उहाँले नेपाल सरकारले जारी गरेको युथ भिजनअनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद् आयोजना गरिएको बताउनुभयो । 

यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन भइसकेको छ । “युवालाई कानून, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवकीको भाव, अधिकार कर्तव्य र दायित्व बोध गराउन सकिएन भने मुलुक समृद्धितर्फ लैजान सकिदैन”, उहाँले भन्नुभयो, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसद्बाट युवाले सिक्नेछन् ।”

उहाँले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्रको संस्कृतिबारे युवालाई ज्ञान दिइ अब्बल तथा योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताउनुभयो ।

युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्नेछन् ।  

तीन दिनसम्म सञ्चालन हुने नमूना संसद्मा सहभागी भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र सांसद चयन हुनेछन् ।

यसरी चयन गरिएका युवाले मङ्लबारदेखि सङ्घीय व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था तथा संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ