२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउने सङ्ख्या र कार्यदिन बढ्दो

२०७८, २८ असार सोमबार १५:०२

असार २८, काठमाडौँ (रासस) । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालु आव २०७७÷७८ मा रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन दुवै उल्लेख्य मात्रामा बढेको छ । कार्यक्रममार्फत गत आवमा एक लाख पाँच हजार ३६५ व्यक्तिलाई रोजगारी दिएकामा यो आवमा हालसम्म एक लाख ५५ हजार ५५९ जनाले रोजगारी पाएका छन् । 

त्यस्तै गत आवमा रोजगारी पाएका एक व्यक्तिको औसत १६ कार्यदिन रहेकामा यो वर्ष औसत ६० कार्यदिन पुगेको छ । रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले तीन वर्षको तुलनामा यो वर्ष रोजगारी पाउनेको सङ्ख्या र कार्यदिन उल्लेख्य मात्रामा बढे पनि कोरोनाका कारण लक्ष्यअनुरुप सफलता पाउन नसकिएको बताउनुभयो  । आव सकिन अझै केही दिन अझै बाँकी रहेको तथा केही स्थानीय तहले सबै विवरण पठाई नसकेकाले यो सङ्ख्यामा थप बढोत्तरी हुने उहाँको भनाइ छ ।

यसअघि कार्यक्रमका लागि खर्च हुने सबै रकम केन्द्रबाट पठाउने गरिएकामा यस पटक स्थानीय सरकारले पनि कार्यक्रममा साझेदारी गर्नुपर्ने नयाँ नीतिगत व्यवस्था गरिएको थियो । सो निर्णय गत असोजमा गरियो । स्थानीय निकायको बजेट गत वर्षकै असारमा बनिसकेकाले समेत कार्यक्रमलाई केही प्रभाव पारेको छ । 

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेसँगै सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी भयो । सो ऐनले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एकजना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनुपर्ने व्यवस्था छ । 

कार्यक्रम निर्देशक घिमिरेले चालु आवमा आफूहरु बेरोजगार रहेको भन्दै कार्यक्रममा सहभागिताका लागि सात लाखको निवेदन परे पनि लक्ष्य नै दुई लाख रहेकाले सबैलाई समेट्न नसकेको जानकारी दिनुभयो । यस्तै रोजगार नभए निर्वाह भत्ता वितरणका सवालमा सबै व्यक्तिको आयस्रोतको तथ्याङ्क नभएकाले को वास्तविक रुपमै खान लाउन नपुग्ने विपन्न वर्गको हो भन्ने छुट्याउन समस्या परेको उहाँको भनाइ छ ।

विदेशको अनुभवले पनि यस्ता कार्यक्रम संस्थागत स्वरुप ग्रहण गर्न केही समय लाग्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै घिमिरेले सबै स्थानीय तह र वडाको कार्यक्रममा अपनत्व र क्रियाशीलता आवश्यक रहेकामा जोड दिनुभयो । 

कार्यक्रममा जाथाभावी रकम खर्च भएको गुनासोपछि एकरुपता कायम गर्ने प्रयास भइरहेको छ । रोजगारीका नाममा गाईवस्तु धपाउने, झार उखल्ने, बाँदर लेखेट्ने जस्ता काममा राज्य कोषको अर्बौं रूपैयाँ बाँडिएको भन्दै आलोचना भएको थियो । यसलाई यो वर्षको बजेटमार्फत कार्यक्रमअन्तर्गत स्थानीयस्तरमा सञ्चालन हुने सडक, भवन, नदी नियन्त्रण, सिँचाइ, वृक्षरोपण जस्ता काममा लगाउन पाइने उल्लेख गरी कडाइ गर्ने कोसिस गरिएको छ ।

आगामी आवका लागि रु १२ अर्ब विनियोजन गरेर दुई लाख व्यक्तिलाई १०० दिनको रोजगारी दिने पनि बजेटमा उल्लेख छ । पाँच वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित सरकारले २०७५ फागुन १ गते घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ