साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वा"/>

2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

थारू महिला अङ्ग्रेजी भाषा सिक्दै

साउन ३०, कावासोती । थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । 

तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाले उनीहरुलाई अमलटारी थारु घरबासले प्रशिक्षक नियुक्ति गरेर अङ्ग्रेजी सिकाएको होम स्टेका व्यवस्थापक धनीराम गुरौले जानकारी दिनुभयो । 

“नब्बे दिनको सामान्य अङ्ग्रेजी बोलचालको अभ्यास गराएका छाँै” व्यवस्थापक गुरौले भन्नुभयो – “विदेशी पाहुनाको सङ्ख्या वर्षका ६०० का हाराहारीमा आउँछन् । उनीहरुका लागि अङ्ग्रेजी चाहियो, त्यसैले सिकाएका हौँ ।” घरमा बस्दा पाहुनासँग बोल्ने गर्दा उनीहरु रमाउने र हाम्रो संस्कृति बुझाउन सकिने भएकाले अङ्ग्रेजी बोलचाल प्रभावकारी भएको होम स्टे सञ्चालक धनमाया महतोले बताउनुभयो । 

प्रकृति पथप्रदर्शक रुपमा समेत काम गरी अङ्ग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले ३० थारु महिलालाई अङ्ग्रजी सिकाउनुभएको छ । सरकारले अमलटारी गाउँलाई पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ । 

थारु महिलासँगै बोटे समुदायका पाँच महिला पनि यहाँ अङ्ग्रेजी सिक्छन् । बोटे संस्कृतिको पनि प्रस्तुति हुने भएकाले उनीलाई अङ्ग्रेजी कक्षामा सहभागी गराइएको व्यवस्थापक गुरौले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई