२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति फिर्ता ल्याइयो : पर्यटन मन्त्रालय

२०७८, ३१ असार बिहीबार १६:००

असार ३१, काठमाडौँ (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ । नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयका सचिव यादव कोइरालाले अन्तरराष्ट्रिय तस्करको सञ्जालमार्फत अमेरिकाको न्यूयोर्क पु¥याइ प्रदर्शनी तथा बिक्रीमा रहेका तीन साँस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने नेपालका सम्पत्ति नेपाल फिर्ता ल्याइएको बताउनुभयो ।

उहाँले नेपालको सम्पदा फिर्ता ल्याउन पहल गर्ने सबैलाई धन्यावाद दिनुभयो । सचिव कोइरालाले नेपालका ऐतिहासिक महत्व बोकेका विभिन्न मूर्ति तथा कला अन्य देशमा पनि रहेको भन्दै त्यस्ता मूर्ति र कला फिर्ता गर्न आफूहरु निरन्तर लागिरहने बताउनुभयो ।

अमेरिकाबाट अप्सराको रङ्गीन आकृति कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्ति फिर्ता ल्याइएको हो । पत्रकार सम्मेलनमा सचिव कोइरालाले फिर्ता गरिएका मूर्ति र टुँडाल पुरातत्व विभागका महानिर्देशक दामोदर गौतममार्फत राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । नेपालले अहिलेसम्म विभिन्न समयमा चोरी भएका ६३ मूर्ति फिर्ता लिन सफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ